बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

ओम डेभलपमेण्ट र मनास्लु मर्ज हुने

  • प्रकाशित मिति : बुधबार, चैत्र २, २०७३



  • कास्की । ओम डेभलपमेन्ट बैंक लिमिटेडको बिशेष साधारणसभा सम्पन्न भएको छ । चैत्र १ गते पोखरामा भएको साधारणसभाले मनास्लु विकास बैंकसंग मर्जरको लागि स्विकृती प्रदान गरेको छ ।

    मर्जरपछि १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित भएको छ । बैैकले हकप्रद शेयर र चालु आ.ब.को मुनाफाबाट बोनश शेयर जारी गरि बैंकको चुक्ता पुंजी २ अर्ब ५४ करोड पुर्याउने पुंजी योजना बनाएको छ । कार्यक्रममा बैंकका सञ्चालक तथा संयुक्त मर्जर समितिका संयोजक राजेन्द्र कुमार बाटाजुले स्वागत मन्तब्य राखेका थिए ।
    २०७३ पुस मसान्तको वित्तीय विवरणको आधारमा मर्जरपछि बैंकको कुल निक्षेप १५ अर्ब २४ करोड, कर्जा १३ अर्ब २७ करोड, शाखा संख्या ४२ र ग्राहक संख्या १ लाख ७० हजार ग्राहकहरु पुग्ने ब्यहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी दिए । मनास्लु विकास बैंकको पनि चैत्र १ गते नै मर्जरको स्विकृतीको लागि बिशेष साधारण सभा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij