आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालममा पहिलोपटक भेटियो बर्डफ्लुको नयाँ भाइरस

  • प्रकाशित मिति : बिहिबार, चैत्र ३, २०७३



  • काठमाडौं । नेपालका पक्षीमा पहिलोपटक बर्डफ्लुको नयाँ भाइरस फेला परेको छ । पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार गत १८ फागुनमा इटहरीको शान्तिटोलका पक्षीमा बर्डफ्लुको नयाँ भाइरस ‘एच५ एन८’ भेटिएको खबर आजको नयाँ पत्रिकामा छ ।

    इटहरीको तालतलैयाका पक्षी र खनार क्षेत्रका कुखुरामा त्यस्तो नयाँ भाइरस फेला परेको तथ्य नेपालले लुकाए पनि विश्व स्वास्थ्य संगठनले यसको पुष्टि गरेको छ । यसअघि नेपालमा बर्डफ्लु ‘एच५ एन१’ भाइरस देखिँदै आएको थियो । तर, सुनसरीको इटहरी क्षेत्रमा पछिल्लो समय देखिएको भाइरस नयाँ प्रजातिको भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले नयाँ पत्रिकालाई बताए ।

    आचार्यले नयाँ भाइरस देखिए पनि नेपालमा बढी बर्डफ्लु गराउने भाइरस एच५ एन१ नै भएको बताए । ‘इटहरीको ताल–तलैयाका चराहरूमा केही समयअघि देखिएको ‘एच५ एन८’ भाइरस हो । तर, यसले नयाँ रूप परिवर्तन गरिरहने भएकाले धेरै ठूलो विषय मान्नुहुँदैन,’ डा. आचार्यले भने । उनले सुनसरीमा ६ हजार चरा मारिएको जानकारी दिए । भाइरसले नेपालमा रूप परिवर्तन गर्न थालेकाले चरा र कुखुराबाट टाढै रहन आचार्यले सुझाब दिएका छन् ।

    नेपालले रिपोर्ट गोप्य राख्यो
    ‘एच५ एन८’ भाइरसका कारण इटहरी र आसपासमा ६ हजार पक्षीको मृत्यु भइसक्दा पनि सरकारले नयाँ भाइरसबारेको तथ्य गोप्य राखेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे जानकारी गराउनुपर्ने भए पनि उसले इटहरी र आसपासमा देखिएको बर्डफ्लुमा ‘एच५ एन१’ भाइरस भएको बताएको थियो । विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठन (ओआई)ले नेपालमा बर्डफ्लुको नयाँ भाइरस देखिएको भन्दै सचेत रहन आग्रह गरेपछि मात्र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वीकार गरेको हो ।

    बर्डफ्लुको शंकामा गरिएको प्रयोगशाला परीक्षणमा युरोपतिर देखिएको बर्डफ्लुको नयाँ भाइरस ‘एच५ एन८’ नेपालमा पनि रहेको पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले नयाँ पत्रिकासँग भने, ‘यो कहाँबाट आयो भनेर निष्कर्ष निकाल्न बाँकी रहे पनि घुमन्ते चराबाट स्थानीय पक्षीमा सर्ने गरेको विभिन्न अध्यनबाट देखिन्छ ।’

    नेपालमा नयाँ प्रजातिको भाइरस देखिएपछि विश्व पशु स्वास्थ्य संगठन (ओआई) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सतर्क रहन नेपालीलाई आग्रह गरेका छन् । पुनका अनुसार तीन महिनाअगाडि छिमेकी देश भारतमा यो बर्डफ्लुको प्रजाति ‘एच५ एन८’ प्रकोपका रूपमा देखा परेको थियो । यसको भाइरस मानिसमा सरेर हालसम्म मृत्यु भएको घटना फेला नपरे पनि मानिसमा सर्न सक्ने सम्भावना भने रहेको बताइन्छ । डब्लुएचओले पनि त्यसैकारण सचेत रहन आग्रह गरेको हो । ‘एच५ एन८’ नयाँ भाइरस हाल युरोप, अफ्रिका तथा एसियाका विभिन्न देशमा प्रकोपका रूपमा देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij