आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक नेपाली युवाको रहस्यमय मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ४, २०७३



  • वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धनुषाका एकजनाको मृत्यु भएको छ ।

    धनुषा जिल्लाको कठपुल्ला निवासी २१ वर्षीय सन्तोष सिंहको मलेसियाको पुचुङस्थित आफू बस्दै आएको आवासको प्राङ्गणमै रहस्यमय मृत्यु भएको हो ।

    धनुषाको उत्तरी क्षेत्र हंसपुर कठपुल्लाका महेश सिंहका २१ वर्षीय सन्तोषको शव झुन्डिएको अवस्थामा भेटिएको सोही स्थानमा काम गर्दै आएका धिरेन्द्र पासवानले जानकारी दिएका छन् ।

    मृतक सिंहका बुबा, आमा र दुई बहिनी परिवारमा रहेका छन् । करिब साढे दुई वर्षदेखि मलेसियामा रहँदै आएका सन्तोषको शवलाई सक्दो चाँडो नेपाल फर्काउने प्रयासमा आफुहरु लागको धिरेन्द्र पासवान जानकारी दिए ।

    सिंहले काम गर्ने कम्पनी व्यवस्थापन पक्षले समेत घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । मृतक सन्तोष निगाई हिङ्ग फाउन्ड्री वर्कस् नामक कम्पनीमा कार्यरत थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij