प्रकाशित मिति : शनिबार, चैत्र ५, २०७३
इलाम । इलाम फूएतप्पा–४ (फाकफोकथुम गाउँपालिका–४) का ४० वर्षीय लीलाबहादुर दाहाल मृत अवस्थामा भेटिएका छन् ।
शुक्रबार दिउँसो घरबाट घाँस काट्न जङ्गल गएका उनी बिलाउनीको रूखमा डोरी लगाएर पहरामा हाम्फाल्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक अमरबहादुर निरौलाले जानकारी दिए ।
घाँस काटेर घर नफर्किएपछि आफन्त र घरपरिवारले खोजी गर्दा आज बिहान जङ्गलको पहरामा उनलाई मृत अवस्थामा फेला पारेका थियो । उनको शव स्वास्थ्य परीक्षणका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij