आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

११ वर्षमा यति परिवर्तन भए कपिल शर्मा, हेर्नुहोस् करियरको सुरुवातका UNSEEN तस्बिर

  • प्रकाशित मिति : शनिबार, चैत्र ५, २०७३



  • भारतीय हास्यकलाकार कपिल शर्माले शनिबार सोसल मिडियामा जालंधरकी भवनीत चतरथ (गिन्नी) सँग विवाह गरेको बताएका छन् । गिन्नीलाई उनले श्रीमती बताएका छन् । यद्यपी, दुबैको विवाह कहिले, कहाँ र कसरी भयो यसबारे कुनै जानकारी आएको छैन । स्मरण रहोस्, दुबैले एक कार्यक्रम ‘हंस बलिए’ मा सँगै काम गरिसकेका छन् ।

    केहि समयअघि कफी विद करणमा पुगेका कपिल शर्माले उनी अमृतसरबाट मुम्बई हास्यकलाकार नभई गायक बन्न आएको बताएका थिए । तर मुम्बईमा गायकको भीड लागेको देखेपछि उनले कमेडीको बाटो अपनाएको जानकारी दिए ।

    सन् २००६ मा सुरु गरे करियरः

    कपिलले पहिलो ब्रेक सन् २००६ मा आएको टेलिभिजन कार्यक्रम ‘हंसदे हंसदे रावो’ बाट पाए । सन् २००७ मा प्रसारण भएको ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज सिजन थ्री’ लाई जितेपछि उनी लाइमलाइटमा आएका थिए । त्यसपछि उनी कमेडी सर्कस, झलक दिखलाजा र कमेडी नाइट्स विद कपिलजस्ता विभिन्न कार्यक्रममा देखिए । अहिले उनी सोनी टेलिभिजनको कार्यक्रम ‘द कपिल शर्मा शो’ संचालन गरिरहेका छन् । विभिन्न कार्यक्रमका साथै उनी बलिउड फिल्म ‘किस किसको प्यार करुँ’ मा पनि मुख्य भूमिकामा अभिनय गरिसकेका छन् ।

    आमाले ‘टोनी’ भनेर बोलाउँछिन्ः

    कपिल शर्माको जन्म सन् १९८१ को अप्रिल २ तारिखमा पंजाबको भएको थियो । उनकी आमाले उनलाई ‘टोनी’ भनेर बोलाउँछिन् । उनका बुवा जितेन्द्र शर्मा पुलिस कन्सटेबल थिए र आमा गृहिणी । कपिलका दुई भाइ–बहिनी छन् । भाइको नाम अशोक शर्मा र बहिनी पूजा शर्मा देवगन । कपिल शर्मा कक्षा १० मा हुँदा क्यान्सरका कारण उनको बुवाको मृत्यु भयो । यद्यपी, उनले सबैसँग आफ्ना सबै दुख लुकाएर राखे । उनले कहिले पनि कसैको अगाडि आफ्ना समस्या उजागर हुन दिएनन् । त्यतिबेला पनि उनी हल्का फुल्का कमेडीले साथीहरुलाई हँसाउने गर्दथे ।

    कमेडी नाइट्स विद कपिलले बदल्यो भाग्यः

    कपिलको कार्यक्रम ‘कमेडी नाइट्स विद कपिल’ कुनै बेला सानो पर्दाको सबैभन्दा चर्चित कार्यक्रम थियो । सन् २०१३ देखि १६ का बिच कलर्स टिभीमा प्रसारण भएको यो कार्यक्रमले उनको भाग्य बदल्यो । बढ्दो चर्चाका कारण उनी टेलिभिजनको सबैभन्दा महँगो उद्घोषकमा समावेश भए । कपिलका लागि एक थिएटर आर्टिस्टबाट यति ठूलो महँगो कलाकारको यात्रा सहज थिएन । जब उनी थिएटर गर्दथे तब उनले विभिन्न समस्याको सामना गर्नुपर्यो तर आफ्नो कडा मेहनत र कामप्रतिको लगनका कारण उनी सफलताको शिखरमा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij