प्रकाशित मिति : आइतवार, चैत्र ६, २०७३
कमल खड्का , रसुवा । रसुवाको स्याउबारीमा ससस्त्र द्वन्दका द्वन्द पिडितहरुसंग सहभोज पूर्नमिलन सहित परिवारहरुको सम्मन गर्दै कार्यक्रम सम्पन्न भएको छ । स्थानिय शान्ति समिति रसुवाको आयोजनामा भएको कार्यक्रममा राज्य र बिद्रोही पक्षबाट २५ जना र बेपत्ता परिवारबाट १ जना गरि २६ जना ससस्त्र द्वन्द पिडितहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने स्थानिय विकास अधिकारी राजेन्द्र देब पाण्डे स्थानिय शान्ति समितिका प्रमुख केदार काफ्ले बिभिन्न राजनितिक दलका पार्टि प्रतिनिधि बिभिन्न कार्यलय प्रमुख, स्थानिय जनता गरि करिब १२० जनाको सहभागीता रहेको थियो भने कार्यक्रमको संयोजन लामाकार्बोले गर्नु भएको होे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij