प्रकाशित मिति : आइतवार, चैत्र ६, २०७३
विराटनगर । नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय अध्यक्षमा देवेन्द्रबहादुर प्रधान निर्विरोध चयन भएका छन् । उनी यसअघि पनि अध्यक्ष थिए ।
विराटनगरमा शनिबार सम्पन्न १०औँ केन्द्रीय महाधिवेशनबाट उनी निर्विरोध निर्वाचित भएका भए पनि अन्य पदमा निर्वाचन प्रक्रियाद्वारा छनोट गरिएको हो ।
सोअनुसार १६ सदस्यीय कार्यसमितिमा अम्बिकाप्रसाद उपाध्याय, अरुणप्रताप राणा, इन्द्रप्रसाद श्रेष्ठ, वसन्तकुमार नेपाल, बेदप्रसाद काजु, विजयानन्द झा, मदनकाजी श्रेष्ठ, मदनगोपाल मैनाली, राधादेवी मास्के, राजकिशोरप्रसाद यादव, सुदर्शनबहादुर शाक्य, प्रेमराज शाक्य र हिरादेवी शर्मा निर्वाचित भएका छन् ।
अधिवेशनमा ३३ जिल्लाका ११९ जना प्रतिनिधि सहभागी भएको प्रचारप्रसार उपसमितिका संयोजक डा सन्देशदास श्रेष्ठले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij