प्रकाशित मिति : आइतवार, चैत्र ६, २०७३
महेन्द्रनगर (धनुषा) । मौरीको टोकाइबाट आज धनुषाको लक्ष्मीनिवासमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लक्ष्मीनिवास–१ सोनापुरकि ५८ वर्षीया सावित्रीदेवी महतो रहेकी छिन् ।
दिउँसो बारीमा गएका बेला शरीरभरि नै मौरीले टोकेको र त्यसको टोकाइबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लाने तयारी गर्दागर्दै मृत्यु भएको सावित्रीका परिवारले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij