बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

झापामा जुडोको विद्यालय बन्दै

  • प्रकाशित मिति : सोमवार, चैत्र ७, २०७३



  • झापा । झापामा रु १६ लाखको लागतमा जुडो प्राथमिक विद्यालयको पक्की भवन निर्माण हुने भएको छ ।

    कुमरखोद–६ मा बन्न लागेको उक्त दुईकोठे पक्की भवनको आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शिलान्यास गरे।

    जुडो खेलको नामबाट स्थापित नेपालकै पहिलो नमुना विद्यालयमा कक्षा १ देखि ४ सम्म पढाइ हुने गरेका छन् । विद्यालयमा चार सय विद्यार्थी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले बताए । उनले अन्य विषयसँगै मार्सल आर्टका बारेमा पनि पढाइ हुने यो नेपालकै पहिलो विद्यालय भएको दाबी गरे ।

    जिल्ला शिक्षा कार्यालय, झापाबाट प्राप्त रु १६ लाखको बजेटबाट उक्त विद्यालय भवनको निर्माण कार्य सुरु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृत्यराज विष्टले बताए ।

    सो अवसरमा सचिव विष्टले भवन निर्माणका लागि राखेपमार्फत नगद रु पाँच लाख सहयोगस्वरुप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । भवन अभावमा अहिले बाँसको चित्राले घेराबेरा गरी कक्षा कोठा निर्माण गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij