आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वर्षातले सिरहाका ईट्टा भट्टामा यस्तो क्षति पुर्यायो, हेर्नुस तस्वीर

  • प्रकाशित मिति : सोमवार, चैत्र ७, २०७३



  • सिरहा । सिरहा बेमोसमि वर्षातको कारणले भट्टामा हाल्न सुकाएर तयारी अवस्थामा राखिएको काँचो इँटा गल्दा साढे पाँच करोडभन्दा बढी रुपैयाँको क्षति भएको सिरहाका इँटा व्यवसायीहरुले बताएका छन् ।

    आइतबार रातिदेखि अहिलेसम्म पटक पटक परेको पानीले जिल्लाका विभिन्न ठाउँमा रहेका ५६ वटा इँटा भट्टामा पोल्न तयारी अवस्थामा राखिएका करिब दुई करोड ८० लाख वटा काँचो इँटा गल्दा व्यवसायीहरुले क्षति व्यहोर्नु परेको हो ।


    नेपाल इँटा भट्टा महासंघका केन्द्रीय सदस्य समेत रहनु भएका गोलबजारस्थित सागर इँटा उद्योगका संचालक बिक्रम साहका अनुसार अहिलेको पिक सिजनमा जिल्लाका ५६ वटा भट्टामा पोल्न राखिएका काँचो इँटा गल्दा व्यवसायीहरुले ठूलो आर्थिक क्षति बेहोर्नु परेको हो ।
    ‘प्रतिगोटा काँचो इँटा तयारीका लागि मजदूरको पारिश्रमिक, माटो, पानी लगायतको मूल्य जोड्दा प्रतिगोटा लागत नै दुई रुपैयाँ पर्न जान्छ’ केन्द्रीय सदस्य साहले भन्नुभयो ‘वर्षात्को पानीले व्यवसायीहरुलाई नराम्ररी धक्का लागेको छ,’उनले भने ।
    ‘अहिलेको सिजन इँटा भट्टा व्यवसायीहरुका लागि पिक सिजन हो‘ गोलबजारस्थित सगुण इँटा उद्योगका संचालक रामसगुन यादवले भन्नुभयो ‘वर्षात्को पानीले काँचो इँटा गल्दा व्यवसायीहरुले लागत मूल्य त गुमाउनुका साथै त्यसलाई पुनः गलाएर नयाँ बनाउनु पर्दा दोब्बर मर्का पर्ने भएको छ ।’
    सिरहाको गोलबजार क्षेत्रमा मात्र पूर्व पश्चिम सडक दायाँ बायाँ १८ वटा इँटा भट्टाहरु संचालनमा रहेका छन् भने जिल्लाका अन्य भागमा ३८ वटा भट्टा रहेको केन्द्रीय सदस्य साहले उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij