बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

आईजीपी बिबाद फैसला आज

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ८, २०७३



  • काठमाण्डौ । आईजीपी नियुक्ति बिबादमा सर्वोच्चले आज अन्तिम फैसला गर्दैछ । धेरैको चासो र प्रतिक्षा बनेको यो मुद्धामा फैसला कसको पक्षमा आउला भन्ने कुरालाई धेरैले चासोका साथ हेरेका छन् । अवको केहि समयपछि आउने फैसला अगावै विभिन्न अड्कलबाजी समेत भएका छन् । केहिले चन्दको पक्षमा फैसला आउने अनुमान गरेका छन् भने केहिले सिलवालको भनिरहेका छन् । हिजो सार्वोच्च अदालतको पूर्ण इजलासले अन्तिम बहस सकाएपनि फैसला आज हुन लागेको हो ।

    हिजो सोमबार प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा भएको बहसमा सरकारी वकिलको तर्फबाट दुई उपमहान्यायाधिवत्ता टीकेन्द्र दाहाल र रेवती त्रिपाठीले बहस गरेका थिए । त्यस्तै रिट वकिल निवेदक कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालका वकिलले आइतबारै बहस सकाएका थिए ।

    सरकारले माघ ३० गते डीआईजी चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । तर, ढकालले दायर गरेको रिटमा प्रधानन्यायाधीश कार्कीको एकल इजलासले त्यही दिन निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

    प्रहरी प्रमुखका अर्का दावेदार सिलवालले पनि माघ ३० गते नै अर्को रिट दायर गरेका थिए । त्यसमा पनि प्रधानन्यायाधीश कार्कीकै इजलासले सुुनुवाई गर्दै चन्दलाई पदस्थापन नगर्न अर्को आदेश दिएको थियो । फागुन १८ गते हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो ।

    सोमबार सर्वोच्च अदालतको पुर्ण इजालसले आइजीपी मुद्धामा बहस सकेपनि समय अभावका कारण फैसला आजलाई तोकेको थियो ।

    यसैवीच प्रहरीका अर्का डिआइजी प्रकाश अर्यालले पनि हिजै कार्यसम्पादन मुल्यांकनमा आफु पनि आइजीपीको दावेदार भएको भन्दै सर्वोच्चमा अर्को रिट हालेका छन् । उनको रिटको सुनुवाई प्रकृयाबारे सर्वोच्चले केहि भनेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij