बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

दुई जना मृत अवस्थामा फेला

  • प्रकाशित मिति : बुधबार, चैत्र ९, २०७३



  • त्रिशूली । ककनी गाउँपालिका–चतुरालेका अमरराज लामिछाने मृत अवस्थामा भेट्टिएका छन् ।

    सोमबारदेखि नै घरबाट सम्पर्कविहीन भएका ४५ वर्षीय लामिछाने मंगलबार बिहान विदुर नगरपालिका–५ मितेरी खोलानजिकै मृत अवस्थामा भेटिएको नुवाकोट प्रहरीप्रमुख देवबहादुर बोहराले जानकारी दिए।

    स्थानीयवासीले देखेपछि पुगेको प्रहरीको टोलीले घटनास्थलमा नै लामिछानेलाई मृत अवस्थामा भेटाएको थियो । मृतकका आफन्तले घटना रहस्यमय रहेकाले अपराध भएको हुनसक्ने भन्दै प्रहरीसमक्ष गहन अनुसन्धान गर्न माग गरेका छन् । शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाए पनि के कारणले मृत्यु भएको प्रतिवेदन भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    यसैगरी, इलामको सूर्योदय नगरपालिकाका एक व्यक्ति मङ्गलबार मृत अवस्थामा भेटिएका छन् । सूनपा–१३ निवासी ४५ वर्षीय भीम दर्नाल मृत अवस्थामा भेटिएका हुन् ।

    सोमबार घरबाट निस्किएका दर्नालको शव भिरबाट धेरै तल झरेको अवस्थामा स्थानीयवासीले भेटेर प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गएको प्रहरी टोलीले शव निकाल्न कठिनाइ भएको प्रहरी निरीक्षक शिव बुढाथोकीले बताए।

    उनको लडेर मृत्यु भएको हो या हत्या भएको हो भन्ने बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij