बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

१८ वर्ष विदेश फसेर नेपाल फर्किएपछि फेरिएको परिचय

  • प्रकाशित मिति : बुधबार, चैत्र ९, २०७३



  • बागलुङ । अठार वर्ष प्रवासमा बिताएर घर फर्किएका काठेखोला गाउँपालिका–४ का रनबहादुर थापाको परिचय अहिले नुमना उद्यमीमा फेरिएको छ ।

    ५३ वर्षीया थापाले १० वर्षअघि एउटा बाख्राबाट सुरु गरेको व्यवसाय अहिले व्यवस्थित ‘फार्म’ मा परिणत भएको छ । थापाले बनाएको ‘नमुना बाख्रापालन फार्म’ मा हाल ३५ वटा बाख्रा छन् । मासिक पाँच-छ वटा बाख्रा बिक्री गर्ने गरेको उनले बताए ।

    “वार्षिक रु दुई लाखसम्म आम्दानी हुन्छ,” उनले भने । रु दुई लाख ५० हजारको लगानीमा सुरु गरेको बाख्रापालन सफल भएपछि थापाले माछापालन, तरकारीखेती र मौरीपालन समेत सुरु गरेका छन् ।

    कृषि कर्मबाटै थापाले घरपरिवारको खर्च चलाउँदै आएका छन् । उनले खोर मर्मतका लागि जिल्ला पशुसेवा कार्यालयबाट रु २० हजार अनुदान पाएका छन् । थापाको बाख्रापालन फार्मलाई जिल्लाकै नमुना मानिन्छ । उनले आधुनिक र व्यवस्थित खोरमा बाख्रापालन गर्दै आएका छन् । थापाको फार्ममा उन्नत जमुनापारि क्रस र स्थानीय खरी जातका बाख्रा, बोका र खसी छन् ।

    एउटै बोका रु ११ हजारदेखि र रु २५ हजारसम्ममा बिक्री गर्ने गरेको थापाले बताए । साना पाठापाठी भने रु तीन हजारदेखि रु चार हजारसम्ममा बिक्री हुने गरेका छन् । थापालाई हेफर इन्टरनेसनलले केही वर्षअघि छवटा बाख्रा किन्न बिना ब्याज ऋण उपलब्ध गराएको थियो ।

    सोही परियोजनाबाट नश्ल सुधारको लागि रु १२ हजार मूल्यको उन्नत जातको बोका पनि थापाले प्राप्त गर्नुभएको छ । नश्ल सुधारका लागि फार्ममा उन्नत जातको बोका पाल्ने गरेको थापाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij