बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

गरिबीले उपचार नहुँदा खोर भित्र छन् युवक

  • प्रकाशित मिति : बिहिबार, चैत्र १०, २०७३



  • गाईघाट । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी नगरपालिका–१ शिखरपुरमा गरिबीका कारण उपचार हुन नसक्दा एक मानसिक सन्तुलन गुमाएका युवक घरको आँगन नजिकैको खोरमा केही महिनादेखि निरन्तर थुनामा रहँदै आएका छन् ।

    यसरी थुनामा रहेका युवक ३४ वर्षीय शिवराज विक रहेको कुरा स्थानीय धनराज विकले बताए । २०६५ साल अघिसम्म मानसिक रुपमा स्वस्थ रहेका शिवराज २०६५ को फागुन महिनातिर विस्तारै मानसिक सन्तुलन गुामाएपछि उनलाई घरपरिवारले सामान्य उपचार गर्दै आएका थिए ।

    आर्थिक अभावका कारण शिवराजलाई अन्यत्र अस्पतालमा लगेर उपचार गर्न नसक्दा घरनजिकै खोर बनाएर राख्दै आएको स्थानीय धनराज विक बताउँछन् ।

    केही आर्थिक सहयोग भएमात्र पनि शिवराजलाई अन्यत्र ठूला अस्पताल वा भारतमा लगेर उपचार गराउन सकिने भएता पनि खर्चको अभावमा अहिलेसम्म ठूला अस्पतालमा लगेर उपचार गराउन नसकिएको कुरा स्वयम् शिवराजका बुबा रामकुमार विकले बताए ।

    रामकुमारभन्छन, “घरको उत्पादनले राम्ररी गुजारा नै चल्दैन, ठूलो छोरो शिवराज आफैँ बर्बाद भयो, अर्को कान्छो छोरो पनि काठमाडौँतिर मजदुरी गरेर खान्छ, कसले खर्च दिन्छ र यो ठूलो छोरोको उपचार गराउनु, बडो समस्यामा छु ।”

    आफूहरु बूढाबूढीमात्र घरमा रहेको र आफूहरुको समेत हातखुट्टा चल्न कमजोर भइसकेकाले घरमा काम गरेर खुवाउने मान्छे समेत नहुँदा झनै छोराको उपचार हुन नसकेको शिवराजका बुबा रामकुमार विकले दुखेसो समेत गरे ।

    चार-पाँच लाखसम्म पनि आर्थिक सहयोग गर्ने दाता भए शिवराजको उपचार हुनसक्ने छिमेकीको समेत धारणा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij