आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ग्यालेनमा डिजेल हालेर जिप चलाउँदै

  • प्रकाशित मिति : बिहिबार, चैत्र १०, २०७३



  • जाजरकोट । यस जिल्लाको पूर्वी क्षेत्रको सडकमा निकै जोखिमपूर्ण ढङ्गले गाडी चलाउने गरिएको छ । अप्ठेरो सडकमा गाडीको ट्याङ्की फुटेको भन्दै खुल्ला ग्यालेनमा भरिएको डिजेलबाट पाइप जोडेर गाडी चलाउने गरिएको छ ।

    जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत जिल्लाको त्रिवेणी नलगाड नगरपालिकाको खगेनकोट बगरादेखि भगवती तल्लुसम्मको सडकमा यसरी गाडी चलाउने गरिएको छ । बीस किलोमिटर दूरीमा चलाइने अधिकांश गाडीमा इन्धन ग्यालेनमा पाइप हालेर गाडी चलाउने गरिएको मात्र छैन, पूरै सिसा फुटेका गाडी पनि असुरक्षित ढङ्गले चलाउने गरिएको छ ।

    स्थानीय प्रशासनको लापरबाहीका कारण खुलेआम रुपमा यात्रु बस्ने सिटनजिकै राखिएका खुल्ला ग्यालेन राख्ने गरिएको छ । गाडीमा तेल भरिएका ग्यालेन खुल्ला राख्नु आफूहरूको रहर नभई बाध्यता भएको बताउँछन् यातायात व्यवसायी ।

    उक्त सडकमा साना गाडी चलाइरहेका जिप चालक खिमबहादुर मल्लले अप्ठेरो सडकमा गाडीको ट्याङ्की फुटेपछि ग्यालेनमा तेल राखेर गाडी चलाउनु परेको बताए ।
    आगो लाग्ने जोखिम भए पनि आफूहरूले सुरक्षित रुपमा गाडी चलाउने गरेको उनको भनाइ छ । गाडीमा खुल्ला रुपमा तेल राखेर गाडी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक भएको रग्दाका रामबहादुर ध्यारले बताए । गाडीमा खुल्ला ग्यालेनबाट तेल आपूर्ति गरेर गाडी चलाउँदा आगलागी हुने मात्र नभई अप्ठेरो बाटोमा दुर्घटनाको जोखिम पनि निकै रहन्छ ।

    जति जोखिमपूर्ण ढङ्गले चलाए पनि प्रहरी र अन्य निकायले कुनै वास्ता नगर्ने गरेको स्थानीय यात्रुको गुनासो छ ।

    प्रजिअ कृष्णचन्द्र पौडेलले यसबारे प्रहरीलाई आवश्यक निर्देशन दिइसकिएको भन्दै जोखिमपूर्ण ढङ्गले गाडी चलाउन तत्काल बन्द गर्न प्रहरी परिचालन गरिएको पनि बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij