आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रौतहटमा संचालित स्वास्थ्य शिविरमा सेनापति क्षेत्रीको अवलोकन

  • प्रकाशित मिति : बिहिबार, चैत्र १०, २०७३



  • गौर । रौतहटमा चलिरहेको बृहत सघन स्वास्थ्य शिविरमा प्रधान सेनापति राजेन्द्र क्षत्रीले आज अवलोकन गरेका छन् । उक्त क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन पाएकोमा सेनापति क्षेत्रीले खुशी व्यक्त गरे । शिविरमा अझै सेवा आवश्यक परे समय थपिने उनले बताए ।

    आज तेस्रो दिन चलिरहेको बृहत स्वास्थ्य शिविर स्वास्थ्य मन्त्रालयको सहकार्यमा नेपाली सेनाले गौरमा सेवा दिइरहेको छ । आजै मात्र सेवा ११ सय ७५ जनाले उपचार गराएका छन् । त्यसमध्ये ६५९ जना महिला र ५१६ जना पुरुष रहेको नेपाली सेनाका महासेनानी दिपक अधिकारीले बताए । शिविरमा रौतहट, पर्सा बारा लगायत जिल्लाका तथा सिमवर्ती भारतका नागरिक समेतले उपचार गराएका छन् ।

    शिविर यहि चैत १४ गतेसम्म चल्ने महासेनानी अधिकारीले जानकारी दिएका छन् । स्वास्थ्य शिविर स्वास्थ्य मन्त्रालयले सेना सँगको सहकार्यमा रौतहट जिल्लामा पहिलो पटक यस्तो शिविर आयोजना गरेको हो । उक्त क्षेत्रमा स्वास्थ्य सेवाबाट बञ्चित नागरिकहरुलाई लक्षित कार्यक्रम हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij