बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि गएको स्कर्पियो दुर्घटना, ६ जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ११, २०७३



  • काठमाडौँ । काठमाडौँबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि गएको स्कार्पियो गाडी स्वर्गद्वारी नजिकै शुक्रबार बिहान दुर्घटना भएको छ ।

    स्थानीय शिक्षक दुर्गा भुषालका अनुसार गाडी सडकबाट २ सयमिटर तल खसेको छ । दुर्घटना स्थल स्वर्गद्वारीबाट करिब ३ किलोमिटर तल रहेको छ ।


    ‘गाडी क्षतविक्षत भएको छ,’ उनले भने, ‘सडकबाट निकै तल खसेको छ गाडी । हामी उद्धारको प्रयासमा छौँ ।’

    प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार बा ८ च १५६१ नम्बरको गाडीमा ९ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको र तीन जना घाइते रहेको प्रहरीलाई उद्धृत गर्दै पौडेलले बताए ।

    घाइते मध्ये २ जना महिला र सवारी चालक रहेका छन् ।

    मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij