बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजना शिलान्याश

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ११, २०७३



  • ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेली नदीमा काबेली ए जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

    निर्माणको चर्चा शुरु भएको ६ वर्षपछि आयोजना शिलान्यास भएको हो । योसँगै अब आयोजना निर्माणको कामले तिव्रता पाउने भएको छ ।

    २०६७ सालदेखि नै आयोजना निर्माणका लागि विभिन्न प्रक्रिया सुरु भएको थियो । तर विभिन्न कारणले कामले तिव्रता पाउन सकेको थिएन ।

    ३७ दशमलव ६ मेगावाट क्षमताको यो आयोजना निर्माणका लागि विश्व बैंकले ४ अर्ब, आईएफसीले ४ अर्ब र बुटवल पावर कम्पनीले २ अर्ब रुपैयाँ लगानी गर्न लागेको कावेली ईनर्जी प्रालिका अध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिए ।

    झिझ्याङ र टि.डब्लु.सि.डब्लु. नामक दुईवटा चिनियाँ कम्पनीले आयोजना निर्माणको जिम्मा पाएका छन् । पाँचथरको अमरपुर २ र ५ को खोलाखर्कमा पोखरी निर्माण गरी साढे चार किलोमिटर सुरुङमार्ग बनाएर पिनासी घाटमा पावर हाउस निर्माण गर्ने तयारी भइरहेको सहयोगी संस्था इन्फ्राको एसिया प्रमुख एलार्डले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij