बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

बिहे खर्च विवरण अब स्थानीय तहमा बुझाउनै पर्ने

  • प्रकाशित मिति : सोमवार, चैत्र १४, २०७३



  • काठमाडौं । वैशाख लाग्दै छ, बिहे–ब्रतबन्ध गर्ने तयारीमा हुनुहुन्छ भने खर्च विवरण चुस्त–दुरुस्त राख्नुस् । किनमेलमा बिल–भरपाइसमेत सुरक्षित राख्नुस्, नत्र जरिवानामा पर्नुहोला ।

    आफू रहेको गाउँ वा नगरपालिकाको वडा कार्यालयमा विवाहपछि ३५ दिनभित्र खर्च विवरण बुझाउनु पर्ने, नबुझाए १० हजार रुपैयाँ जरिवाना हुने विधेयक व्यवस्थापिका संसदबाट पारित हुँदैछ ।

    संसदको राज्यव्यवस्था समितिले पारित गरेको ‘सामाजिक व्यवस्था सुधार गर्न बनेको विधेयक’ मा बिहेलगत्तै खर्च विवरण वडा कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ । सदनबाट पारित भई राष्ट्रपतिबाट अनुमोदन भएपछि यसले कानुनको रुप लिनेछ ।

    डेढसय जन्ती

    जन्तीमा वाद्यवादकसहित डेढ सय जना र भोजमा ५ सय १ जना सम्मलाई बोलाउन सकिने छ । यसअघि २०३३ सालमा बनेको सामाजिक सुधार ऐनले तोकेको व्यवस्थालाई परिमार्जन गर्न बनेको विधेयकले यस्तो व्यवस्था गरेको हो । –नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij