प्रकाशित मिति : सोमवार, चैत्र १४, २०७३
प्यूठान । प्यूठानमा आज छुट्टाछुट्टै दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।
प्यूठान नगरपालिका १० मरन्ठानामा रा. १ च. २०६४ नम्बरको जीप दुर्घटना हुंदा २ जना घाइते भएका हुन । कञ्चनपुर घर भएका वर्ष २६ का जीप चालक चन्द्र सिंह कामी र चुजाँ २ बस्ने वर्ष २५ का सह–चालक कृष्ण भण्डारी घाइते भएका जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाकारी दिएको छ । अहिले दुवै जनाको बुटवलमा उपचार भइरहेको छ ।
प्यूठान नयाँगाउँ १ जस्पुर (चकचके)मा लु.३ त. ६३८९ नम्बरको ट्याक्टर र रा. १ प. ७२६६ नम्बरको मोटरसाइकल एक आसपमा ठोकिदा रजवारा निवासी ट्याक्टर चालक लल बहादुर मल्ल, उदयपुरकोट निवासी मोटरसाइकल चालक सागर अधिकारी गम्भिर घाइते भएकाले उपचारको लागि बुटवल रिफर गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
उदरपुरकोट ६ निवासी तिर्थ बहादुर खत्री, पुजाँ ७ का दिपक परियार र अर्खा ९ निवासी ओभर सिंह थापाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij