प्रकाशित मिति : मङ्लबार, चैत्र १५, २०७३
गुल्मी। वुटवलको गोलपार्क नजिकै वमघाट पानी ट्याङकी भन्ने स्थानको जंगलमा हिजो साँझ भेटिएको शव शिद्धार्थ गौतम बुद्ध क्याम्पसकी छात्रा मनिषा पोखेरलको रहेको पुष्टी भएको छ । चैत १० गतेदेखि हराएकी शिदार्थ गौतम बुद्ध क्याम्पसकी २१ बर्षिया छात्रा मनिषा पोखरेलको शव रहेको पुष्टी भएको वुटवल ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पौड्यालले बताए ।
रुपन्देही सेमलारकी पोखरेल चैत्र १० गते उक्त क्याम्पसमा परीक्षा दिन आएदेखि वेपत्ता भए पछि उनका परिवारले खोजतलासका लागि प्रहरीमा उजुरी दिएका थिए । प्रहरी निरीक्षक पौड्यालले रुखमा झुण्डीएको अवस्थामा फेला परेको उनको शव आफन्तजनलाई बुझाईएको र आत्माहत्याको कारण खुलाउन नमिल्ने बताए ।
उनि विवएस प्रथम वर्षमा अध्यान गर्दै आएकी थिईन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij