बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

लिपस्टिककाबारे यी तथ्य, जुन तपाइँलाई थाहा नहुन सक्छ

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १५, २०७३



  • काठमाडौं । प्रायः महिलाहरुले सुन्दरताको लागि प्रयोग गर्ने लिपस्टिक (लाली)काबारे धेरै तथ्य कमैलाई थाहा हुन सक्छ ।

    आजभन्दा पाँच हजार वर्ष पहिलेदेखि लिपिस्टिक लगाउने परम्पराको सुरुआत भएको इतिहासकारहरुले उल्लेख गरेका छन् ।

    त्यस समयमा लिपिस्टिक सुन्दरताको लागि नभइ विवाह गरेका महिलाहरुलेमात्र समाजमा आफ्नो पहिचानको लागि लगाउने गर्दथे । सम्पति, इज्जत र प्रतिष्ठाअनुसार पुरुषहरुले पनि लिपस्टिक लगाउने गदर्थे ।

    पुरुषहरुले विशेषगरी आँखा र निधारमा विभिन्न आकृति बनाइ लिपस्टिक लगाउने गर्दथे भने महिलाहरुले ओठमा लगाउँथे ।

    ‘मेसोपोटामियाको’ सभ्यताबाट सुरु भएको लिपस्टिक परम्पराको थालनी गर्ने श्रेय भने इजिप्टको महारानी क्लियोपेट्रालाई बढी दिइन्छ । महिलाहरुले आफ्नो सुन्दरता देखाउन लिपस्टिकअनिवार्य हुन्छ भन्ने धारणा उनैले स्थापित गरेकी थिइन् ।

    महारानि क्लियोपेट्राले लगाउने लिपिस्टिक कारकाइन बिटल अर्थात् गोब्रेकिरा र कमिलालाई मारेर बनाइएको प्राकृतिक रङबाट बन्ने गर्दथ्यो । यस्तो रङ रातो गाढा हुने गर्दछ । त्यतिखेर लिपस्टिक लगाउनाले बिहानको खाना खाइसकेको संकेतकोरुपमा बुझिन्थ्यो ।

    त्यस्तै, महिलाहरुले कालो रङको लिपस्टिक लगाउनुको अर्थ कसैसँग नबोल्ने भन्ने संकेतकोरुपमा बुझिन्थ्यो ।

    म्यानचेस्टर विश्वविद्यालयको अध्ययनअनुसार एक महिलाले सरदर आफ्नो जीवनकालभरि दुई लाख रुपैयाँ बराबरको लिपस्टिक किन्छन् । त्यस्तै, एक महिलाले एकपटकमा लिपस्टिक लगाउन सरदर सात सेकेन्डको समय खर्च गर्छन् ।

    संसारको सबैभन्दा महँगो ‘गुएरलैन्स किसकिस गोल्ड’ नाम गरेको लिपस्टिकको नेपाली मूल्य करिब ६२ लाख रुपैयाँ छ । यसमा ११० ग्राम सुन र १९९ ओटा हिरा राखेर बनाइएको छ ।

    अमेरिकामा सन् १९१२ मा महिलावादी एलिथावेथ क्याडिर र उनका साथीहरुले निर्वाचनमा महिला उम्मेदवारलाई जिताउन पहिलोपटक ‘लिपस्टिक आन्दोलन’को सुरुआत गरेका थिए । जुन अहिले पनि ‘नेसनल लिपस्टिक डे’कोरुपमा मनाइने गरिन्छ ।

    संसारका ७० प्रतिशत महिलाहरु लिपस्टिक नलगाइ कुनै कार्यक्रममा उपस्थित हुँदैनन् ।

    अहिले बन्ने गरेका गुणस्तरीय लिपस्टिकमा पनि विभिन्न प्रकारका किराहरुलाई मारेर उनीहरुको शरीरबाट निस्कने प्राकृतिक रङहरु मिसाइन्छ । जसमा सबैभन्दा बढी माछाको प्रयोग हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij