बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

ट्याक्टरको ठक्करबाट दुई महिलाको मृत्यु ,एक घाइते

  • प्रकाशित मिति : बुधबार, चैत्र १६, २०७३



  • रत्ननगर (चितवन)।  चितवनको भरतपुर ओरालोमा आज साँझ ट्याक्टरको ठक्करबाट दुई महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

    भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना५त ४२२३ नंको ट्याक्टरले बाटो काट्दै गरेका तीनजना महिलालाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

    दुर्घटनामा परी पश्चिम चितवनको गुञ्जानगरकी ६५ वर्षीया निर्माया श्रेष्ठ र चितवन पदमपुरकी ४० वर्षीय ललिता श्रेष्ठको मृत्यु भएको चितवनका प्रहरीनायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार निर्मायाको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा मृत्यु भएको हो भने, ललिताको कजेलमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको हो । घाइते चितवन भरतपुरकी सूर्यकुमारी श्रेष्ठको सोही कलेजमा उपचार भइरहेको र साँझ ५ः१५ बजे सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    ट्याक्टरका चालकसमेत घाइते रहेको उनी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij