बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

बसले ठक्कर दिँदा सेनाका दुई जवान घाइते

  • प्रकाशित मिति : बिहिबार, चैत्र १७, २०७३



  • कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीनजिक बुधबार साँझ बसले ठक्कर दिँदा दुईजना मोटरसाइकलमा सवार नेपाली सेनाका जवान गम्भीर घाइते भएका छन् ।

    महेन्द्रनगरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ना ६ ख ९४४० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको नेपाली सेनाका जवान चढेको भे २ प ५०२७ नम्बरको मोटरसाइकललाई निकुञ्जको अर्जुनी ब्यारेकनजिक ठक्कर दिँदा मोटरसाइकलमा सवार जवान २६ वर्षीय हर्कबहादुर बोहरा र २५ वर्षीय सन्तोष चौधरी गम्भीर घाइते भएका हुन् ।

    घाइतेमध्ये बोहरा कञ्चनपुरका र चौधरी बर्दियाका बासिन्दा रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए ।

    दुवैजनाको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुरतर्फ लगिएको उनले बताए ।

    दुवैजना कुन ठाउँमा कार्यरत रहेको भन्नेबारे खुल्न सकेको छैन । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij