बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

सुनसरीमा यस्तो छ खाद्य सुरक्षाको अवस्था

  • प्रकाशित मिति : बिहिबार, चैत्र १७, २०७३



  • इनरुवा । सुनसरीमा खाद्य सुरक्षाको अवस्था सकारात्मक रहेको जिल्लाको खाद्य सुरक्षा अवस्था विश्लेषण प्रतिवेदनले देखाएको छ । यहाँ वार्षिक करिब ६ अर्बको खाद्य वस्तु उत्पादन भइरहेको जनाइएको छ ।

    जिल्ला कृषि विकास कार्यालय सुनसरीले दिएको जानकारीअनुसार जिल्लामा खाद्य सुरक्षाको अवस्था सकारात्मक छ । जिल्लामा धान, गहँु, दलहन र तेलहन बाली गरी खाद्यान्नमा जिल्लाको समग्र अवस्था सकारात्मक रहेको कार्यालय जनाएको छ । यहाँ वार्षिक उत्पादन बढेकाले खाद्य सुरक्षाको अवस्था सकारात्मक रहेको कार्यालयका प्रमुख राजकान्त झाले जानकारी दिए ।

    जिल्लामा खाद्य सुरक्षाको अवस्था विश्लेषण प्रतिवेदनअनुसार वार्षिक रुपमा करिब ६ अर्ब बराबरका खाद्यान्न तथा पशुजन्य पदार्थको उत्पादन र कारोबार भइरहेको छ । जिल्लाको खाद्य सुरक्षा अवस्था विश्लेषण दोस्रो चौमासिक फागुनसम्मकोे तथ्याङ्कअनुसार धान, हिउँदे तरकारी, तोरी, आलु, उखु, केरा र माछाबाट करिब तीन अर्ब २५ करोड १३ लाख बराबरको आम्दानी किसानले गरेका छन् ।

    त्यसैगरी, पशु र पशुजन्य पदार्थ मासु, दूध र अन्डाबाट करिब रु दुई अर्ब ३४ करोड १९ लाख आम्दानी भएकोे प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लामा ६ अर्बको हाराहारीमा खेतबारी र पशुपालनबाट आम्दानी भइरहेको छ भने वैदेशिक रोजगारबाट गत चार महिनाका अवधिमा रु ६ अर्ब ४४ करोड भित्रिएको छ ।

    जिल्लामा प्रत्येक गाउँपालिका र नगरपालिकामा गरिएको सर्वेक्षणअनुसार ८० प्रतिशत घरधुरीका लागि वर्षभरि खान पुग्ने र २० प्रतिशतको अवस्था सामान्य रहेको देखिएको छ ।

    यहाँ ८० प्रतिशत घरधुरीमा खाद्यान्न उपभोगको न्यूनतम आवश्यकता पूरा गर्नका लागि सक्षम रहेको समितिका संयोजक एवम् प्रजिअ गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

    जिल्लामा खाद्य सुरक्षाको अवस्था सकारात्मक रहेको भए पनि सन्तुलित खानाको अभावमा २.७ प्रतिशत बालबालिका कुपोषित रहेको समितिका सदस्य एवम् जिल्ला स्वास्थ्य प्रमुख मुकुन्दराज गौतमले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij