आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गणेशमान चारनाथमा कालोपत्र शिलान्यास

  • प्रकाशित मिति : बिहिबार, चैत्र १७, २०७३



  • धनुषा । पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको धनुषाको छघरिया गोलघर चोकदेखि उत्तरको आठसय मिटर सडक कालोपत्र गर्न एक समारोहबीच शिलान्यास गरिएको छ ।

    गणेशमान चारनाथ नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मेश्वर यादवले बुधबार शिलान्यास गरेका हुन् । नगर पूर्वाधार कोषको ९२ लाख १५ हजार ६ सय ४६ को लागत अनुदानमा चारनाथ नगरपालिकाले सो सडकलाई कालोपत्र बनाउन लागेको हो ।

    सडक कालोपत्र गर्ने जिम्मा पाएको एक्सिस एसियन कन्स्ट्रक्सन कम्पनी प्रालि जनकपुरले २०७४ असार १० गतेसम्म काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको कार्यकारी अधिकृत यादवले बताए ।

    कालोपत्र र सडकको दायाँ बायाँ दुवैतर्फ नाला बनाउने कार्यका लागि ८९ लाख ९३ हजारमा सम्झौता भएको छ । अधिकृत यादवले विकास निर्माणको कार्यमा सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।

    नगरपालिकामा यसअघि कुनै पनि सडक कालोपत्र नभएका कारण स्थानीयवासी उत्साहित भएका छन् । अहिलेसम्म ग्राभेल सडकमा आवत–जावत गरिरहेका स्थानीयवासी सो सडक कालोपत्र हुने भएपछि खुसी भएका हुन् ।

    स्थानीय वृद्ध रामसुक यादवले वर्षांैदेखि ग्राभेल सडकमा हिँड्नु परेको र अब कालोपत्र हुने भएपछि सुविधाको हिसाबले राम्रो हुने बताए । उंले गाउँबाट नगरमा परिणत भएपछि यो सुविधा पाएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij