बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

रुपन्देहीमा डेङ्गु रोगका बिरामी बढे : यस्ता हुन्छन् डेङ्गुका लक्षण

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १८, २०७३



  • रुपन्देही । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुु रोगका बिरामी यहाँ गत वर्षभन्दा बढेका छन् । गत आव २०७२÷७३ मा सातजना डेङ्गु रोगका बिरामी रहेकामा यो आवमा जिल्लामा एकसय ६१ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए ।

    सबैभन्दा बढी बुटवल उपमहानगरपालिका ९० जना विरामी छन् । देश तथा विदेशमा महामारीका रुपमा छिमेकी जिल्ला तथा भारतमा पनि यस रोगको महामारी भएका कारणले पनि यो रोगका बिरामी यो वर्ष बढेको अुनमान जिल्ला जनस्वास्थ्य कार्यालयको छ ।

    लामखुट्टेको टोकाइबाट लाग्ने रोगमध्येको मलेरिया रोगका बिरामी भने गत आवको तुलनामा कम रहेका छन् । गत आवमा एकसय नौजना बिरामी रहेकामा यस वर्ष ४५ जना मात्र मलेरिया रोगका बिरामी छन् ।

    लामखुट्टेको टोकाइबाट मलेरिया, डेङ्गुु, हात्तीपाइले र पहेँलो ज्वरोलगायत रोग लाग्दछन् । जिल्लामा हात्तीपाइले र जन्डिस रोगका बिरामी नरहेको पनि जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

    डेङ्गु रोग लागेमा डेङ्गु ज्वरोमा अत्यधिक १०३-४ डिग्रीसम्म ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडीपछाडि दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, छालामा रगत जमेका राता खटिरा देखिने गर्दछन् ।

    यो रोग एक वर्षभन्दा मुनिका बच्चा र ६० वर्षमाथिका वृद्धवृद्धा, मोटोपन भएका व्यक्ति, गर्भवती महिला, पेप्टिक अल्सर भएका, जन्मजात मुटुका रोगी, मधुमेह, उच्च रक्तचाप, मिर्गौला खराब भएका दीर्घरोगी उच्च जोखिममा पर्दछन् ।

    लुम्बिनी अञ्चल अस्पताल बुटवलका फिजिसियन डा नन्दु पाठकले डेङ्गु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेङ्गु सर्ने बताए ।

    दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ । त्यसैले पानी जम्न सक्ने भाँडालाई छोपेर राख्नुपर्दछ । थोरै र सफा पानी जम्न सक्ने भाँडामा पानी जम्न दिनु हुँदैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij