प्रकाशित मिति : शुक्रबार, चैत्र १८, २०७३
रौतहट । मध्य क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाले कृते मुद्दाका अभियुक्त एकजना हेल्थ असिस्टेन्टको सरुवाको सिफारिस स्वास्थ बिभागले बदर गरेपछि रौतहटमा खैलाबैला मच्चिएको छ ।
किर्ते हस्ताक्षर र छाप प्रयोग गरि ३१ जनाको सरुवा काण्डमा संलग्न हेल्थ असिस्टेन्ट बिजय कुमार यदवको सरुवाको सिफारिस स्वास्थ्य बिभागले बदर गरेपछि स्वस्थ्य नियमावलीको खिल्ली उडाउने काम सुरु भएको भन्दै खैलाबैला मच्चिएको हो । यादव निलम्बनमा परेपनि प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा गत आठ गतेदेखि हाजिर गरिरहेका छन् ।
गत कार्तिक महिनामा किर्ते छाप र हस्ताक्षर प्रयोग गरि ३१ जना स्वास्थकर्मिको सरुवा गरेको खुलेपछी तत्कालीन प्रमुख रमेश बिक्रम सिहंले अभियुक्त यादवलाई गत पुस १८ गते दुई महिनाको लागि निलम्बन गरेका थिए ।
निलम्बनपछि हेअ यादवको रसुवामा सरुवाका लागि सिंहले सिफारिस गरेका थिए । कृते मुद्दा प्रहरीबाट जिल्ला अदालत मकवानपुरमा गएपछि बिजय यादव ५० हजार रुपैयाँ धरौटीमा हाजिर भएका थिए । त्यसलगत्तै अभियुक्त यादव राजनीतिक दवाबमा स्वास्थ्य बिभागबाट सरुवा बदर गराउन सफल भएका थिए ।
किर्ते मुद्दा हालसम्म टुंगो नलगेकाले दुई महिनाका लागि निलम्बित यादवको गत १३ गते पुनः दुई महिनाका लागि निलम्बन म्याद थपिएको बर्तमान क्षेत्रीय निर्देशक बाशुदेव पान्डेले जानकारी दिए ।
उता निर्देशक पान्डेले निलम्बित हेअ यादवसहित उनलाई हाजिर गराउने केन्द्रका प्रमुख डाक्टर मुरली मनोहर साह समेतलाई बिभागीय कारबाही हुने बताएका छन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij