आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल प्रहरी विद्यालयमा रहस्यमय मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १८, २०७३



  • दिपक श्रेष्ठ , काठमाण्डौ । नेपाल प्रहरी विद्यालय रानीबारीमा अध्ययनरत कुन्दन थापाको रहस्यमय मृत्यु भएपछी आफन्तले हत्या भएको भन्दै बुबार दिनभर विद्यालय घेराउ घरी प्रर्दशन गरेका छन् । कक्षा ८ को परिक्षा सक्काएर आफ्नी आमासंग गोंगबुमा बस्दै आएका १४ वर्षिय कुन्दनथापा मगरको बुधबार मध्यान्ह उनि अध्ययनरत विद्यालयमै रहस्यमय ढङ्गले मृत्यु भएको हो ।

    कुन्दनको आफन्तले भने कुन्दनले आत्महत्या गरेको नभई हत्या भएको भन्दै दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् । परिक्षा सक्काएर समाखुसी स्थित आफ्नी आमासंग बस्दै आएका कुन्दनलाई बुधबार विहानकरिब ११ बजे विद्यालयबाट उलाई बोलाइएको थियो ।

    प्रहरी विद्यालयकी कमाण्डिङ्ग इक्सेपेक्टर सर्मिला गुरुङका अनुसार कुन्दनले सोही विद्यालयमा अध्ययनरत एक छात्राको नामबाट फेसबुकमा फेक आइडी बनाई अश्लिल सामग्री पोष्ट गर्ने गरेको छात्राकी अभिभावकले कम्प्लेन गरेपछी सोही विषयमा सोधपुछको लागी कुन्दनलाई आमा सहित विद्यालयमा बोलाइएको थियो । तर आमाको फोन कुन्दनले नै प्रयोग गरेकोले आमालाई लिएर आउनु भनेपनि उनि एक्लै विद्यालय पुगेको गुरुङको भनाई छ ।

    कुन्दनले सोधपुछको क्रममा फेसबुक नक्कली आइडी बनाएको आरोप स्विकार गरेको र अभिभावक संग कुरा गर्छौँ भनि एक कर्मचारी सहित घर जाउ भन्दा घर जान भनी बाहिर निस्केका उनले विद्यालयको तेस्रो तलबाट हामफलेर आत्महत्या गरेको इन्सपेक्टर गुरुङले बताइन ।

    तर उनका परिवार तथा आफन्तले भने घरमाबसेर छुट्टी मनाईरहेका उनलाई रहस्यमय तरिकाले एक्लै विद्यालय बोलाएर हत्या गरेकोभन्दै दोषीलाई कारबाही गरी न्यायको लागी माग गरेका छन् । कुन्दनका आफन्तले विहिबार न्यायको माग गर्दै नाराबाजी सहित दिनभर विद्यालय घेराउ गरेका थिए ।

    स्कुलमा भएको विवादमा छोरालाई नभई आफूलाई बोलाउनु पर्नेमा त्यसो नगरी हत्या गर्ने अभिप्रायले छोरालाई बोलाइएको भन्दै आमा गौमतीले घटनापछि स्कुल प्रशासनले आफन्तलाई तत्काल खबर नगरी बेलुका छोरो घर नफर्किएपछि स्कुलमा खोजी गर्दा मात्रै घटनाबारे जानकारी गराइएको बताए । मृतकको शब अहिले प्रहरी अस्पतालमै रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij