बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

हलेसी क्षेत्रमा जमिनमुनिको पानी निकालिने

  • प्रकाशित मिति : शनिबार, चैत्र १९, २०७३



  • खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल हलेसी क्षेत्रमा डिप बोरिङ (जमिन छेडेर पानी निकाल्ने) योजना सुरु गरिएको छ ।

    हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा आसपासका उपभोक्तालाई लक्ष्य गरेर दुई ठाउँमा बोरिङ गर्ने योजना सुरु गरिएको हो ।

    हलेसी तुवाचुङ नगरपालिकाका महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडामा बृहत् खानेपानी आयोजनाको वैकल्पिक व्यवस्थाका लागि डिप बोरिङ योजना अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताए ।

    यसै आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजनाका लागि खानेपानी विभागबाट आएका परामर्शदाताले सर्भेक्षणसमेत गरिसकेका छन् । डिप बोरिङ गरेर हलेसी गुफा नजिक तथा च्यास्मिटार र बडहरेबीचमा पर्ने बोझेमा जमिनमुनिको पानी निकाल्ने तयारी गरिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय खोटाङका प्रमुख विजय ठाकुरले बताए ।

    हलेसी क्षेत्रमा जमिनभन्दा करिब १५० मिटरमुनिसम्म छेडेमा पानी निस्कने सर्भेक्षण टोलीले जनाएको छ । बोरिङबाट प्रतिसेकेन्ड १२ लि पानी निकाल्न सकिने योजना रहेको उपभोक्ता समितिले जनाएको छ ।

    जिल्लाको सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाको हलेसी तथा आसपासका गाउँमा अहिले वर्षाको पानी जम्मा गरेर र दूधकोसी नदीबाट गाडीमा बोकेर ल्याएको पानी उपभोग गर्ने गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij