प्रकाशित मिति : सोमवार, चैत्र २१, २०७३
रौतहट । जिल्लाको उतरीभेग चन्द्रपुर नगरपालिका ३ स्थित भोलनटारमा गएराति आगलागि हुँदा तीन घर जलेका छन् ।
ती घरमा रहेका लत्ता कपडा ,अन्नपात र गाईबस्तु समेत जलेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । स्थानीय मिनराज भोलन ,पुर्ण बहादुर भोलन र मानध्वज भोलनको घर जलेका हुन् ।
रातीको समयमा लागेको आगो चन्द्रपुर नगरपालिकाको बरुणयन्त्र ,स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिईएकाले अन्य घर आगलागि हुनबाट बचेको प्रहरीले बताएको छ ।
घरमा खाना पकाउने बेलामा आगो लागेको स्थानीय बासिन्दाले बताए ।
आगलागीबाट भएको क्षतीबारे यकिन हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij