बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

वर्षायामअगावै तेह्र विद्यालय निर्माण

  • प्रकाशित मिति : बुधबार, चैत्र २३, २०७३



  • दोलखा ।  दोलखाको उत्तरी क्षेत्रका १३ विद्यालय वर्षायाम सुरु हुनुअगावै निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ काम भइरहेको सिविन नेपालले जनाएको छ ।

    नर्वेली दूतावासको सहयोगमा फोरुड टुकी–सिविनको साझेदारीमा उत्तरी क्षेत्रका १३ विद्यालय अहिले निर्माण भइरहेका छन् । भूकम्पले सबैभन्दा बढी क्षति भएको कालिञ्चोक गाउँपालिकाको लामीडाँडा, बाबरे, विगु गाउँपालिकाको खोपाचाँगु, आलम्पु, लादुक र चिलङ्खामा रहेका १३ विद्यालयको पुनःनिर्माण तीव्रगतिमा भइरहेको छ ।

    वर्षायाम सुरु हुनुअगावै विद्यालय हस्तान्तरण गरिने योजना रहे पनि अहिले प्रत्येक दिनजसो परिरहेको वर्षाका कारण पुनःनिर्माणमा समस्या आएको छ ।

    नेपाल सरकारको मापदण्डअनुसार भूकम्प प्रतिरोधी विद्यालय भवन ११७ कोठा निर्माण सिविन नेपालको सहयोगमा स्थानीय उपभोक्ता आफैँले गरेका हुन् । विद्यालयका प्रतिकोठा ३३ जनादेखि ५५ जनासम्म विद्यार्थी बसेर अध्ययन गर्न मिल्ने गरी विद्यालय भवन निर्माण भइरहेको हो ।

    निर्माणाधीन विद्यालय भवन र निर्माण गरिने शौचालय अपाङ्ग तथा बालमैत्री र छात्रछात्रामैत्री हुनेछन् । सिविन नेपालका परियोजना व्यवस्थापक रवीन्द्र पराजुलीले विद्यालय भवनसँगै शौचालय, फर्निचर, खानेपानी र पुस्तकालयसमेत व्यवस्थापन गरिदिने बताए ।

    प्राथमिक विद्यालयमा तीनकोठे शौचालय र ४५ जना विद्यार्थी बराबर एक कोठाको शौचालय निर्माण गरिने पराजुलीको भनाइ छ ।

    भूकम्पले जिल्लाभरका अधिकांश विद्यालय क्षति भएपनि धेरै विद्यालय अझै पनि अस्थायी सिकाइ केन्द्रकै भरमा छन् । दोलखाका उत्तरी क्षेत्रका १३ विद्यालयमा भवन बनेसँगै पठनपाठनमा समेत सहज हुने देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij