प्रकाशित मिति : बुधबार, चैत्र २३, २०७३
काठमाडौँ । नेपाल स्रष्टा समाजका साहित्यकारको एउटा टोली भारतको असम नेपाली साहित्य सभाको निमन्त्रणामा एक साताको साहित्यिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।
उक्त भ्रमण टोलीमा नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोक, उपाध्यक्ष विधान आचार्य, महासचिव चेतनाथ कणेल हरित, सदस्य प्रा डा गोविन्दमानसिंह कार्की, गोकुल अधिकारी, राजेन्द्र गुरागाईं, श्रीओम श्रेष्ठ ‘रोदन’, सदस्य तथा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, रुद्र ज्ञवाली, जानु धिताल, देवा अधिकारी, देवीकानन्द तिमिल्सिना, विवश पोखरेललगायत छन् ।
एकहप्ते उक्त भ्रमणमा गुवाहाटी, डिफु, तेजपुरलगायत असमका विभिन्न स्थानमा आयोजना गरिने साहित्यिक समारोहमा भाग लिई अन्त्यमा दार्जिलिङ, सिक्किमको भ्रमण पनि गर्ने कार्यक्रम रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij