प्रकाशित मिति : बुधबार, चैत्र २३, २०७३
काठमाडौ । सामसुङले आफ्नो उत्पादन ग्यालेक्सी ए सर्भिसको सफलतापछि पुन वजारमा ग्यालेक्सी ए सेभेन ल्याएको छ । ग्यालेक्सी ए सेभेनले मोवाइल पारखीको अत्याधुनिक नविनतम टेक्नोलोजी प्रयोग गर्ने चाहानालाई पुरा गरिदिने कम्पनीले जनाएको छ ।
यो मोवाइल ५.७ इन्चको छ भने डवल सिम सहितको सुविधा छ ।
सामसुङको यो ग्यालेक्सी ए सेभेनमा फन्ट तथा रियर क्यामेरा १६ मेगाफिक्चल क्यामेरा प्रयोग भएको छ । ३२ जीवी मेमोरीका साथै लन्च अफरका रुपमा ३२ जीवीको एडिसनल माइक्रो एसडी कार्ड प्रयोग भएको छ । जसलाई २५६ जीवी सम्म वढाउन सकिने कम्पनीले जनाएको छ ।
लार्ज व्याट्रीका साथै लन्च अफरका रुपमा १० हजार ४ सय एमएएचको एनकर पावर बैंक पनि उपलव्ध रहेको कम्पनीले जनाएको छ । यो मोवाइल दुई रंग व्ल्याक स्काइ र गोल्ड सेन्डमा उपलव्ध छन् । यो मोवाइलको वजार मुल्य ५४ हजार ९ सय रुपैयाँ रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij