आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अख्तियारले तिर्‍यो खानेपानी महसुल

  • प्रकाशित मिति : बिहिबार, चैत्र २४, २०७३



  • काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्रालयले खानेपानी बक्यौता तिर्न ताकेता पत्र काटेपछि सरकारी कार्यलयहरुले बक्यौता तिर्न सुरु गरेका छन् ।
    खानेपानी तथा सरसफाइ मन्त्री जीवन शाहीको सक्रियतामा मन्त्रालयबाटै सुरु भएको बक्यौता रकम भुक्तानी गर्नेको सूचिमा पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग थपिएको हो । अख्तियारले काठकाडौं उपत्यका खानेपानी लिमिटेडलाई ४६ हजार रुपैयाा खानेपानी महसुल तिरेको छ ।

    मन्त्री शाहीले सुशासन कायम गर्न भन्दै राष्ट्रपति कार्यालय , उपराष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, प्रधानमन्त्री कार्यालय, संसद सचिवालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय सतर्कता केन्द्र , महान्यायाधिवक्ताको कार्यालय,गृह , परराष्ट्र, अर्थ, रक्षा, भौतिक पूर्वाधार , स्थानीय विकास, पर्यटन, शिक्षा , स्वास्थ्य , शहरी विकास, कानून लगायतका २७ मन्त्रालय , सरकारी संस्था र स्थानीय निकायलाई खानेपानीको बक्यौता तिर्न पत्र काट्न लगाएका थिए ।

    अन्य निकायले पनि बक्यौता तिर्न भन्दै ताकेता पत्र काटिएपछि खानेपानी महसुल तिर्ने विषयमा सकारात्मक प्रतिक्रिया दिइरहेको केयुकेएलले जनाएको छ । खानेपानी मन्त्रालयले सरकारी निकाय , सरकारी संस्था र स्थानीय निकायलाई बैशाख मसान्त भित्रको समय दिएर महसुल असुल गर्न पत्र काटेको छ ।

    सरकारी निकायबाट बक्यौता उठाएपछि निजी क्षेत्रबाट बक्यौत असुल गर्न ताकेता गर्ने मन्त्रालयको तयारी छ । समयमै खानेपानी महसुल नतिर्नेको खानेपानी आपूर्ति बन्द र धारा बन्द गर्न मन्त्री शाहीले निर्देशन दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij