प्रकाशित मिति : बिहिबार, चैत्र २४, २०७३
बनेपा । बनेपा–७ स्थित पुरानो तरकारी बजारमा आज टिपरले ठक्कर दिएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौँबाट धुलिखेलतर्फ आउँदै गरेको बा४ख ३५५१ नं को टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा८३प २७७८ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका रामेछाप–५ निवासी विनोद मुक्तानको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इप्रका, बनेपाका प्रहरी निरीक्षक अनिलकुमार घिमिरेले जानकारी दिए ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको उल्लेख गर्दै टिपर चालक र टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij