प्रकाशित मिति : शुक्रबार, चैत्र २५, २०७३
काठमाडौ । एनआईसी एसिया बैंकको विभिन्न ५ स्थानमा रहेका नयाँ शाखाको एकै साथ शुत्रबार विधिवत् उद्घाटन गरेको छ । बर्दघाट स्थित ८१ औं तथा तानसेन स्थित ८८ औं शाखाको उद्घाटन एनआईसी एसिया बैंकका संचालकद्वय राजेन्द्रप्रसाद अर्याल र बिनोद कुमार प्याकुरेलले संयुक्त रुपमा गरेका हुन् ।
यस्तै, लम्की स्थित ८४ औं तथा टिकापुर स्थित ८९ औं शाखाको उद्घाटन हिम रावल तथा उद्योग वणिज्य संघका केन्द्रिय सदस्य गोपाल हमालले संयुक्त रुपमा र हिले स्थित ८६ औं शाखाको उद्घाटन धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले गरेका हुन् ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याको आधारमा एनआईसी एयिा बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij