आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निःशुल्क स्वास्थ्य परीक्षण

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २५, २०७३



  • लमजुङ (बेँसीसहर) । विश्व स्वास्थ्य दिवसको अवसरमा बेँसीसहरको बालगृहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङको आयोजनामा बेँसीसहरस्थित आदर्श बालगृहमा रहेका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

    बन्दकोठामा भाषण गर्नुभन्दा सेवा गरेर नै दिवस मनाउनु उपयुक्त ठानी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागार्इंले बताए ।

    जिल्ला स्वास्थ्य समन्वय समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलको अध्यक्षतामा भएको सो कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी तीर्थ थापाले बालगृहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण कार्य प्रसंशीय रहेको बताउनुभयो । े ।

    कार्यक्रममा लमजुङ सामुदायिक अस्पतालका चिकित्सकहरुले बालबालिकाको स्वास्थ्य परीक्षण तथा भूपू सैनिक डेन्टलहोमले पनि बालबालिकाको निःशुल्क दन्त परीक्षण गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij