आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वायु सेवा निगमको जहाज खरिद : दश अर्बको कमिसनको खेल

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १, २०७४



  • काठमाडौँ । आजको जन आह्वान साप्ताहिकमा  यो खबर छ । नेपाल वायु सेवा निगमले वाइडबडी जहाज खरिदमा रु दश अर्ब भन्दा बढी कमिसनको खेल सुरु भएको छ । निगमका महाप्रबन्धक सुगतरत्न कशांकारले सबै विधि र प्रक्रिया मिचेर कमिसनका लागि नै सबै प्रकारको गैरकानुनी हर्कत गरेको पाइएको छ ।

    कमिसनका लागि अगाडि बढाइएको जहाज खरिद प्रक्रियाको बारेमा सरकारको आधिकारिक धारणा सार्वजनिक नहुनु पनि दुखद रहेको बताइन्छ । खरीद प्रक्रिया अगाडि जसरी अगाडि बढाइएको छ सो समेत पारदर्शी हुन सकेको छैन । देश डुबाउने र स्वदेशी रकम केही विदेशी एजेन्टलाई समेत बुझाउने तयारी गरिएको छ । निगमले अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरेको मिति गत सेप्टेम्बर २६ को आधार मान्ने हो भने करिब एक हजार घन्टा उडेको जहाज खरिद गर्नुपर्नेमा कमिसनको लोभमा उडदै नउडेको भनिएको तर थोत्रो जहाज खरिद गर्न लागिएको छ । यस्तै सन् २०१४ भन्दा पछाडि बनेको जहाज खरिद गर्नुपर्नेमा त्यसभन्दा अगाडि नै बनाइएको जहाज खरिद गर्न लागिएको छ । जुन नेपाली विधि र नियम विपरितको काम हो ।

    निगमले बोलपत्र नै गरेको आधारमा जहाज खरिद गर्ने हो भने पनि प्रतिस्धर्पाका आधारमा राम्रो कम्पनी छानेर खरिद गर्नुपर्नेमा मनलाग्दी तवरले एक अमेरिकन दलाल कम्पनीको जहाज खरिद गर्न लागिएको छ । त्यसले नेपाली आकाश पुन सुरक्षित छैन भन्ने दिनेछ । यूरोपेली आकाशमा नेपाली जहाज उड्न नदिने हो भने ठूलोधनरशाही खर्च गरेर जहाज खरिद गर्नु र नगर्नुको कुनै अर्थ रहँदैन तर मनलाग्दी र हचुवाको भरमा जहाज खरिद गर्न लागिएको छ ।

    प्रतिस्पर्धामा भाग लिन आएका अरु कम्पनीलाई बदनियतपूर्वक धपाइएको छ भने नेपालमा कुनै पनि आधिकारिक एजेन्ट नै नभएको संस्थासँग जहाज खरिद गर्न लागिएको छ । जुन नियमअनुसार पनि गलत मानिन्छ । भोलि कुनै समस्या आए समात्ने र कारवाही गर्ने निकाय समेत रहनेछैन । अमेरिकी कम्पनी एएआर युएसएको नेपालमा उसको कुनैपनि आधिकारिक एजेण्ट नभएको देखिन्छ ।
    एएए कम्पनीको टेन्डरमा जहाज ल्याउन लागिएको भएपनि सोही कम्पनीले ढाँटेको देखिन्छ । जर्मनी कम्पनीले आफूहरु अमेरिकन भएको बताउने गरेका छन् । । उसले बुझाएको कागजातमा कुन जहाज दिने र उसको सिरियल नम्बर तथा उडान घण्टा समेत उल्लेख नभएको पाइएको छ । जुन सोझै अख्तियारको दुरुपयोग हो ।
    जहाज फ्लाई पोर्चुगलबाट प्लेन दिने भनेर भनेको छ तर हाईफ्लाई पोर्चुगल कम्पनीसँग कुनै पनि प्रकारको एयरबस जहाज रहेको छैन । हुँदै नभएको जहाज कसरी नेपाल आउँछ भन्ने अर्को ठूलो आशंका रहेको छ ।

    एयरबस कम्पनीमा यदि कुनै एयरलाइन्सको अर्डर कुनै कारणले रद्द गरेर हाई फ्लाई पोर्चुगल कम्पनीलाई अर्डर कन्फर्म गरेको छ भने त्यस अनुसारको कुनै पनि डकुमेन्ट टेण्डरमा समावेश गरिएको छैन । प्रतिस्पर्धी कम्पनीहरुको टेण्डरको प्रत्येक पेजमा प्रतिनिधिहरुको हस्ताक्षर रहेको छ । तर एएआर कम्पनीको कागजातमा पछिको केही थप गरिएको छ । यस्तो हो भने प्रतिस्पर्धीहरुको सक्कल हस्ताक्षर छ कि छैन बुझ्नुपर्छ । सन् २०१४ भन्दा पछिका मोडेलको जहाज लिने भनेको हाई फ्लाई पोर्चुगल कम्पनीलसँग अन्तिमपटक कहिले सम्झौता ग¥यो भन्ने पनि प्रष्ट छैन ।

    विश्वभरिका एयरलाइन्सहरुले एयरबस कम्पनीसँग सन् २०१७ सम्म जहाज खरिदको लागि बुकिङ गराएको लिस्टमा हाई फ्लाई पोर्चुगल कम्पनीको नाम कहिँकतै छैन । सो कम्पनीले कसरी नेपाल वायु सेवा निगमलाई उच्च प्रकारको जहाज उपलब्ध गराउँछ भन्ने बारेका कुनै कानुनी तथा प्राविधिक आधार समेत रहेको पाइदैन । संसारभर थन्किएर रहेका वा आउट अफ फ्लाईट अवस्थामा रहेको विवरण हामीसँग उपलब्ध छ । त्यसमा पनि हाई फ्लाई पोर्चुगल कम्पनीको नाममा कुनै पनि जहाज थन्किएको अवस्थामा रहेको देखिदैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij