प्रकाशित मिति : आइतवार, बैशाख ३, २०७४
दक्षिण कोरिया । दक्षिण कोरिया निकै अचम्मको देश हो । यहाँका मानिसहरु पूजा–पाठ पनि अत्यधिक गर्छन् र अन्धविश्वासी पनि छन् । यहाँका बासिन्दा ४ नम्बरसँग डराउँछन्, रातो मसीको प्रयोग गर्दैनन् । यस्तै थुप्रै रोचक तथ्य छन् जसले यो देशलाई अचम्मको बनाएको छ । सोमबार दक्षिण कोरियाको ‘नेशनल फाउन्डेशन डे’ हो ।
१. अंक ४ सँग डराउँछन् :
दक्षिण कोरियामा अंक ४ जतिबेला बोलिन्छ त्यो ‘मृत्यु’ शब्दजस्तो उच्चारण हुन्छ । त्यसकारण यहाँका मानिसहरु यसलाई उच्चारण र प्रयोग गर्नबाट बच्छन् । त्यहाँ स्थिती यस्तो छ कि कुनै पनि स्थानमा, होटल, लिफ्ट वा अस्पतालमा अंक ४ प्रयोग हुँदैन ।
२. जन्मने बित्तिकै एक वर्ष हुन्छ उमेरः
दक्षिण कोरियामा जन्मनेबित्तिकै १ वर्षको उमेर मानिन्छ । सुन्दा अचम्म लाग्ला तर यहाँको कानून नै यस्तै छ । यहाँका हरेक व्यक्ति आफ्नो वास्तविक उमेरभन्दा एक वर्ष ठूला छन् ।
३. रातो मसीको प्रयोग गर्दैनन्ः
यहाँका मानिसहरु रातो मसी प्रयोग गर्न डराउँछन् । रातो रङ मृत्युको प्रतिक हुने भएकाले उनीहरु रातो मसीको प्रयोग गर्नबाट बच्छन् ।
४. जहाँ पनि रक्सी पिउन सकिनेः
दक्षिण कोरियामा जतासुकै रक्सी पिउन सक्नुहुन्छ । बार, पसल, रेल जतापनि । त्यसकारण रक्सीले मातेका मानिसहरुलाई बाटोमा भेटिनु यहाँ साधारण कुरा हो ।
५. हरेक महिनाको १४ औं दिन रोमान्टिक डेः
यहाँ हरेक महिनाको १४ औं दिन रोमान्टिक दिन हुन्छ । यद्यपी, यहाँ विभिन्न प्रकारको रितिरिवाज छन् । यहाँ भ्यालेन्टाइन डे मा महिलाले पुरुषलाई वा श्रीमतीले श्रीमानलाई उपहार दिने गर्दछन् । र १४ मार्चमा पुरुषले उक्त उपहाभन्दा तीन गुणा बढि महिला वा श्रीमतीमाथि खर्च गर्ने गर्दछन् ।
६. रक्तसमूहबाट हुन्छ पहिचानः
यहाँ रक्त समूहलाई महत्वपूर्ण मानिन्छ । रक्त समूहबाट यहाँ व्यक्तिको पहिचान हुने गर्दछ । को राम्रो छ, को खराब र को धोकेबाज हुन्छन् त्यसको निर्णय ब्लड समूहबाट गरिन्छ ।
७. प्लाष्टिक सर्जरी गरेकालाई तारिफः
दक्षिण कोरियामा प्लाष्टिक सर्जरी गर्नु सामान्य छ । यहाँ यस्तो गर्नेहरुको तारिफ गरिन्छ । यहाँका मानिसहरु ठूलो आँखा, ठूलो नाक र राम्रो चिउँडोका लागि शल्यक्रिया गर्ने गर्दछन् । यहाँ यस्तो प्रकारको शल्यक्रिया सस्तो पनि हुन्छ ।
८. पुरुषले गराउँछन् हज्जारौंको मेकअपः
दक्षिण कोरियाका पुरुषहरु मेकअपमा हज्जारौं रुपैयाँ खर्च गर्ने गर्दछन् । बीबी क्रिम फाउन्डेसन उनीहरुलाई मनपर्ने ब्यूटी प्रोडक्ट हो । यहाँ थुप्रै टेलिभिजन च्यानल कार्यक्रम छन् जसले पुरुषको ब्यूटी टिप्समाथि सरसल्लाह दिने गर्दछन् ।
९. एकै थर भएकाले विवाह गर्न पाउँदैनन्ः
दक्षिण कोरियामा एउटै थर भएकाले विवाह गर्न पाउँदैनन् । यहाँ यो मान्यता निकै पहिलेदेखिकै हो । यहाँका मानिसले एकै थर भएका मानिसहरु विवाह भए रगत अशुद्ध हुने मान्यता राख्छन् ।
१०. अत्यधिक पूजा पाठ गर्छन्ः
दक्षिण कोरियामा मानिसहरु निकै पूजा–पाठ गर्ने गर्दछन् । विशेषगरी राती चर्चलाई सजाइन्छ र मानिसहरु प्रार्थना गर्ने गर्दछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij