मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्यूठानमा पाठेघर समस्यासम्बन्धि शिविर

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ८, २०७४



  • प्यूठान ।  प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा आज देखि महिलाहरुको पाठेघर(आङ्ग)खस्ने समस्याको निः शुल्क (अप्रेसन) शिविर सञ्चालन भएको छ ।

    शिविरमा ८१ वर्षिय पुर्नी घर्ती पाठेघरको अप्रेसन गर्न प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री पुगेकी छिन् । २ वर्ष पहिले देखि पाठेघरमा समस्या देखिएकोे घर्तीले बताइन् । ‘३ जना बच्चा खेर गएका थिए’ घर्तीले भनिन्–‘श्रीमान वितेको धेरै वर्ष भइसक्यो साथमा कोही छैन केही समय अगाडि अस्पतालले अपे्रसन गर्न पर्छ भनेपछि शिविरमा आएकी छु ।’ बेलवास ताप बस्ने घर्तीलाई बुढेसकाल पनि पाठेघरको समस्या सताएको बताइन् ।

    स्वर्गद्धारी नगरपालिका ४ भिंग्रीमा सञ्चालन भएको शिविरमा २ दिन गाडिको यात्रा र बाँसबस्दै रोल्पाको वाहा गाविसबाट समेत विरामी आएका छन् । ‘आज भन्दा २० वर्ष अगाडि देखि पाठेघरमा समस्या थियो’ रोल्पाबाट आएकी ६० वर्षिय खलानी पुन मगरले भनिन्–‘उपचार गर्ने खर्च नहुने, यी यस्ता शिविर आउँदा समेत जानकारी नपाउँदा यतिका वर्ष रोग पालेर बसियो ।’

    दुर्गम ठाउँमा जनचेतनाको अभाव, आर्थिक अभाव, अन्धविश्वास, लाज मान्ने लगायतका समस्या गर्दै धेरैजसो गाउँमा महिलाहरुले पाठेघरको उपचार गर्न नआउने गरेको सोही निवासी आफ्नो श्रीमतीका साथमा आएका खन्चे मगरले बताए । मगरले भने–‘करिव १ वर्ष अगाडि जिल्ला अस्पतालमा आफ्नो समस्या देखाउँदा अप्रेसन गर्न पर्छ भनेर पछि २ दिन गाडि यात्रा र ठाउँठाउँमा बास बस्दै भिंग्री आइपुगेका छौं ।’ त्यस्तै बिहान ४ बजे घरबाट हिडेर ११ बजे भिंग्री पुगेकी जुम्रीकाँढा पातलखटेरी बस्ने ४५ वर्षिय जुठी घर्ती पनि १२ वर्ष देखि पाठेघरको समस्याबाट पीडित भएको बताइन् ।

    प्यूठानसंगै रोल्पा जिल्लाका विरामीहरुको पनि उपचार गर्ने उद्देश्यले भिंग्रीमा शिविर सञ्चालन गरेका नेपालगञ्ज मेडिकल कलेजको कार्यक्रम संयोजक राम बहादुर मल्लले बताए । मध्यपश्चिम क्षेत्रिय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत, जिल्ला स्वास्थ्य कार्यालय प्यूठान, प्राथमिक उपचार केन्द्र भिंग्रीको आयोजना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेको प्राविधिक सहयोगमा सञ्चालन शिविरमा शिक्षण अस्पतालबाट डा. विनोद माहसेटको नेतृत्वमा २२ जना टोली आएको छ भने यता जिल्ला अस्पताल र प्रा.उ.केन्द्रका डाक्टरहरु समेत शिविरमा खटिने भएका छन् । उक्त शिविर बैशाख १२ गते सम्म सञ्चालन हुने छ ।

    स्वास्थ्य शिविरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले मानिसको सवै भन्दा ठुलो सम्पति भनेको आफ्नो स्वास्थ्य भएकोले धेरै ख्याल गर्नु पर्ने बताए । शिविरमा अप्रेसन भएका विरामीहरुलाई यातायात खर्च एक हजार र दिनको एक सयको दरले जाउलो खर्च दिने भएको आयोजकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij