शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कर्णालीमा फास्ट इन्टरनेट सेवा : आठ जिल्लामा ब्रोडब्यान्ड प्याकेज

  • प्रकाशित मिति : शनिबार, बैशाख ९, २०७४



  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको पैसा खर्च गरेर कर्णालीमा पनि ब्रोडब्यान्ड (द्रुत गति)को इन्टरनेट सेवा पुर्‍याउने भएको छ । प्राधिकरणले ६ नम्बर प्रदेशअन्तर्गत कर्णालीको हुम्ला, मुगु, डोल्पा र जुम्लाका लागि एउटा प्याकेज र कालिकोट, रुकुम, जाजरकोट र रोल्पाका लागि अर्को प्याकेज बनाएर एकैपटक आठ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउन प्रस्ताव आह्वान गरेको हो । आजको अन्न्पूर्ण पोस्टमा खबर छ ।

    प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले आगामी एक वर्षभित्र ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने गरी प्रस्ताव आह्वान भएको बताउनुभयो । उहाँले कम्पनी छनोट भएको एक वर्षमा यी जिल्लाको हरेक गाउँपालिका, स्वास्थ्य चौकी तथा सामुदायिक विद्यालयमा इन्टरनेट पुर्‍याइसक्नुपर्छ । प्राधिकरणले करिब ३० करोड रुपैयाँ खर्चेर विस्तार गर्न लागेको यो इन्टरनेट सेवा प्राधिकरणले अनुदानमा उपलब्ध गराउनेछ । सरकारले अनुदानमा रकम उपलब्ध गराएकै कारण यो सेवा दुई वर्षसम्म निःशुल्क हुनेछ । अर्यालका अनुसार प्राधिकरणले प्रदेश नम्बर ६ र ७ का लागि मध्यपहाडी लोकमार्ग भएर विस्तार हुने सूचना महामार्गको पूर्वाधार बनाउने कम्पनी छनोट हुन बाँकी छ।

    द्रुत गतिको इन्टरनेटका लागि मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सूचना महामार्गमार्फत हरेक जिल्ला सदरमुकामसम्म पुग्छ । सोही पूर्वाधारलाई प्रयोग गरेर जिल्ला सदरमुकामबाट गाउँसमम्म पुग्न प्राधिकरणले प्योकज प्रस्ताव माग गरेको छ । मुख्य मार्गको लागि अप्टिकल फाइबर बिछ्याउन तीन चरणमा प्रस्ताव गरिएको छ । प्रदेश नम्बर १ देखि ३ का लागि टेलिकमलाई र ४ तथा ५ का लागि यूटीएललाई जिम्मा दिइएको छ । ६ र ७ प्रदेशको लागि भने प्राधिकरणले प्रस्ताव माग गरेको हो ।

    प्राधिकरणलाई यसअघि भूकम्प प्रभावित ११ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट पु‍र्‍याउने जिम्मा तीन कम्पनीलाई दिइसकेको छ । अवको प्राथमिकता कर्णालीका जिल्लालाई दिइएको छ । प्राधिकरणले कर्णाली जिल्लालाई विशेष प्राथमिकता दिएर उपयुक्त कम्पनी चयनका लागि जिल्ला सदरमुकामबाट गाउँसम्म इन्टरनेट सेवा पुर्‍याउन प्रस्ताव माग गरेको हो । जिल्ला सदरमुकासम्म अन्य सेवाप्रदायकलाई दिने उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij