प्रकाशित मिति : आइतवार, बैशाख १०, २०७४
बीबीसी
यसलाई पीडा हुँदैन, क्यान्सर पनि लाग्दैन । यो अगाडि पछाडि निकै आरामसँग दौडन सक्छ र आफ्नै मलसमेत खान्छ ।
पूर्वी अफ्रिकाको न्यूड मोड र्याट भनिने मुसा संसारकै सबैभन्दा अचम्मको स्तनधारीमध्येको एक हो ।
अब शोधकर्ताको एक समूहले यो जीवको अर्को एक विशेषता पत्ता लगाएको जसले टुथब्रसजस्तो दाँत भएको यो जनावार थप अनौठो बनेको छ ।
रौं बिनाको यो मुसा अक्सिजन बिना १८ मिनेटसम्म जिउँदो रहन सक्छ । यस्तो स्थितीमा कुनै पनि स्तनधारी जीव वा मानव मर्ने गर्दछन् ।
र यो एक मेटाबोलिक ट्रिक अर्थात् पाचको एक क्रियाले ।
जनरल पब्लिकमा प्रकाशित एक अध्ययनका लेखकका अनुसार जब अक्सिजन घट्छ तब शरिर ऊर्जाको रुपमा ग्लूकोजलाई गल्नबाट रोक्न र फ्रुक्टोसको उपयोग गर्दछ । यो तन्त्र बोटबिरुवामा देखिन्छ ।
यो बुझ्नुपर्ने हुन्छ कि कसरी यो जनावर एक मेटाबोलिक प्रणालीबाट अर्को मेटाबोलिक प्रणाली अपनाउने गर्दछ ता कि अक्सिजनको कमीबाट हुने रोग जस्तै हृदयघात र स्ट्रोकका बिरामीको उपचारमा मद्दत पाउन सकियोस् ।
अक्सिजन नहुँदा पनि खतरा छैनः
हामी जुन हावामा सास लिन्छौं त्यसमा २१ प्रतिशत अक्सिजन हुन्छ । यदि हामी एडेप्टेशनको सावधानीपूर्वक प्रक्रियाबाट गुज्रिन्छौं भने मानिसहरु लगभग १० प्रतिशत अक्सिजनले पनि जीवित हुन्छन् ।
कम अक्सिजन पाउँदा शरिरले राम्रोसँग काम गर्न बन्द गर्दछ ।
अमेरिकाको इलिनोइस विश्वविद्यालयको जीव विज्ञानका प्राध्यापक र अध्ययनका सह–लेखक थोमस पार्कले यी मुसलाई ५ प्रतिशत अक्सिजन भएको एक पिंजडामा राखे । तर पाँच घण्टा पछि पनि उनीहरुमा असहजताका केही लक्षण थिएनन् ।
उनी त्यतिबेला अचम्ममा परे जब शून्य अक्सिजनमा पनि यी मुसा १८ मिनेटसम्म हिँड्ने–डुल्ने गरे ।
मलिक्यूलर मेडिसिन सेन्टर, बर्लिनका जीव वैज्ञानिक येन रेजनिक भन्छन्, ‘उनीहरु कुनै दिमागी क्षतीको १८ मिनेटसम्म जिउँदो रहे ।’
आन्तरिक क्षमताः
यद्यपी, शोधकर्तालाई थाहा थियो कि जमिनको भित्री भागमा बस्ने यी स्तनधारीहरुले अक्सिजन निकै मुश्किलले पाउँथे । तर योभन्दा पहिले उनीहरुको क्षमताको विषयमा कुनै परिक्षण गरिएको थिएन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij