आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

क्लासिकोका राजा : मैदानमा रगताम्मे बनेका मेस्सीको नयाँ किर्तिमान (भिडियो)

  • प्रकाशित मिति : सोमवार, बैशाख ११, २०७४



  • म्याड्रिड।  एकपछि अर्को किर्तिमान तोड्दै नयाँ बनाउँदै आएका लियोनेल मेस्सीले फेरि अर्को किर्तिमान आफ्नो नाममा लेखेका छन् ।

    आइतबार राती दुई गोल गर्दै ला लिगाको क्लासिकोमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

    अल्फ्रेडो डि स्टेफानोको १४ गोलको किर्तिमानलाई पछि पार्दै उनले यो किर्तिमान बनाएका हुन् ।


    सबै क्लासिकोहरुमा भने उनको गोलसंख्या २३ पुगेको छ । १९ वर्षको उमेरमा उनले सन् २००७ मा क्लासिकोमा पहिलो गोल गरेका थिए ।

    खेलमा मार्सेलोसँग जुधेपछि रगताम्मे बनेका मेस्सी मुखमा ब्यान्डेज च्यापेर खेल्न बाध्य बनेका थिए ।


    बल खोस्ने क्रममा मार्सेलोको कुहिनाले मुखमा लागेपछि उनी रगताम्मे हुँदै मैदानमा लडेका थिए । टेलिभिजनमा उनको मुखबाट रगत बगिरहेको प्रष्ट देख्न सकिन्थ्यो ।

    तर, उनले खेल जारी राख्दै क्लासिकोको निर्णायक गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जीत दिलाए ।

    योसँगै उनले सबै प्रतियोगितामा बार्सिलोनाका लागि सबै प्रतियोगितामा ५ सयौँ गोल पूरा गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij