मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गिजा र दाँतमा हुने समस्या समाधानका उपाय

  • प्रकाशित मिति : बुधबार, बैशाख १३, २०७४



  • आफ्नो स्वास्थ्य शारीरिक तथा मानसिक रूपमा बलियो बनाउने चाहना त सबैको हुन्छ । तर, व्यस्त दैनिकी तथा लापरबाहीका कारण मानसिक रूपमा तयार भए पनि शारीरिक रूपमा अल्छी भइरहेको हुन्छ । यस्तोमा दाँत तथा गिजाको स्वास्थ्य राम्रो बनाउने कोसिस हँुदाहँुदै पनि बेवास्ता हुनु स्वाभाविक हुन आउँछ । तर, यसरी बेवास्ता गरेर जे पायो त्यही परिकारमा ध्यान नदिँदा गिजालाई थाहै नदिई असर गरिरहेको हुन्छ । अझ सुर्तीजन्य पदार्थको सेवन गर्ने प्रचलन नेपालमा बढी हुँदा बढी नै असर पुगेको हुन्छ । कतिपयलाई दाँत माझ्ने तरिका थाहा नभएर पनि समस्या भइरहेको हुन्छ । दैनिक बिहान–बेलुका ब्रस नगर्ने नेपाली करिब ९० प्रतिशतभन्दा बढी छन् । यस्तो कारणले गिजा तथा दाँतको समस्या हुन्छ । दैनिक रूपमा हामीले चिया खाँदा कार्बोहाइड्रेड एवं दाँतमा टाँसिने अन्य पदार्थले दाँतलाई असर गरिरहेको हुन्छ । त्यसैले यस्ता पदार्थ खाइसकेपछि मुख कुल्ला गरेकै हुनुपर्छ । दाँत तथा गिजालाई स्वस्थ राख्न अपनाउनुपर्ने सामान्य जीवनशैलीका बारेमा डेन्टल सर्जन डा. आभाष लाभको सुझाब यस्तो छः

    —दाँतको र मुखको सफाइमा विशेष ध्यान दिनका लागि दिनको दुईपटक ब्रस गर्नैपर्छ । कार्बोहाइड्रेड भएको तथा टाँसिने पदार्थ भएको खाना खाएपछि कुल्ला गर्ने बानी बसाल्नुपर्छ ।

    —कतिपय अवस्थामा दुई दाँतको बीचमा खानाका टुक्रा फसिरहेको हुन्छ । जसले गर्दा मुख स्वस्थ्यलाई गम्भीर खालको असर पर्छ । त्यसका लागि प्रत्येकपटक खाना खाएपछि फ्लसिङ गर्नुपर्छ ।

    —मुखभित्र रहेको दाँतको संरचना बिग्रेको छ भने पनि दाँत र गिजालाई असर गर्छ । यस्तो अवस्थामा जति केयर गर्दा पनि दाँत र गिजा स्वस्थ नहुन सक्छ । त्यसैले दन्त चिकित्सकको सल्लाहमा दाँतको संरचना सुधार गर्नुपर्छ ।

    उपयुक्त सावधानी अपनाउँदा पनि गिजासम्बन्धी समस्या विद्यमान रहेमा शरीरको अन्य रोगहरू (सिस्टेमिक डिजिजेज)का कारण त्यस्तो भएको हुन सक्छ । तीमध्ये प्रमुख कारण यस्ता यस्ता हुन सक्छन्ः

     

    भिटामिन सीको कमी

     

    मानव शरीरमा भिटामिन सीको कमीले मुख स्वास्थ्यमा असर गर्छ । त्यसैले नियमित भिटामिन सीको ट्याब्लेट खाने वा कागती, हरियो खुर्सानी, सुन्तलाजस्ता भिटामिन सी भएका फलफूल सेवन गर्दा पनि लाभ हुन्छ ।

     

    हर्मोनमा गडबडी

     

    किशोर अवस्थामा मानिसको हर्मोनसम्बन्धी उतारचढाव, गर्भवती अवस्थामा हुने हर्मोनको गडबडी अथवा अन्य कुनै पनि कारणले हुने हर्माेनको गडबडीले गिजालाई असर पार्न सक्छ । त्यसबाट बच्न इन्डोक्रायनोलोजिस्टलाई सम्पर्क गर्नुपर्छ ।

     

    मधुमेहले हुने समस्या

     

    मधुमेहका रोगीले विशेष ख्याल नराख्दा दाँत र गिजालाई धेरै नै असर पर्छ । दाँत नै हल्लिने, गिजा सुन्निने (पेरियोडन्टाइटिस) रोग लाग्न सक्छ । त्यसैले मधुमेहका रोगीले वेलावेलामा चिकित्सकसँग सम्पर्क गरी रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ ।

     

    विभिन्न प्रकारका क्यान्सर तथा एड्सका कारण

     

    मानव शरीरमा हुने विभिन्न अंगको क्यान्सरले मुख स्वास्थलाई प्रत्यक्ष असर पार्छ । ब्लड क्यान्सर, मुख क्यासर भएका गिजा तथा दाँतको हड्डीलाई कमजोर बनाउँछ । त्यसैले चिकित्सकको सल्लाहअनुसार उपचार गराइरहनुपर्छ ।

     

    नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij