आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बायर्नलाई किर्तिमानी लगातार पाँचौ लिग उपाधि

  • प्रकाशित मिति : आइतवार, बैशाख १७, २०७४



  • म्युनिख ।  वुल्फसवर्गलाई आधा दर्जन गोल हिर्काउँदै बायर्न म्युनिख लगातार पाँचौ पटक जर्मन लिग च्याम्पियन बनेको छ ।

    योसँगै प्रशिक्षक कार्लो एन्चेलोटीले युरोपका चार भिन्न लिगमा उपाधि जित्न सफल भएका छन् ।

    घरेलु लिगमा अर्को सिजन अधिपत्य जनाउँदै बायर्नले लिगका तीन खेल बाँकी छँदा नै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

    यो सिजन मात्र दुई खेलमा पराजित भएको बायर्नविरुद्ध रेलिगेसन हुने खतरामा रहेको वुल्फसवर्गले कुनै चुनौती प्रस्तुत गर्न सकेन ।

    बायर्नलाई जीत दिलाउन रोबर्ट लेवान्डोस्कीले २ तथा डेभिड अलाबा, आयर्न रोबेन, थोमस मुलर र जोस किमिचले एक–एक गोल गरे ।

    वुल्फवर्गका कप्तान लुइस गुस्ताभोले रातो कार्ड खाए पछि टोली खेलको अन्त्यतिर १० खेलाडीमा सिमित बनेको थियो ।


    पेप ग्वार्डिओलाले छाडेपछि एन्चेलोटीले बायर्नको नेतृत्वमा सम्हालेका थिए । उनको नेतृत्वमा बायर्नले ७९ गोल गर्दै मात्र १७ गोल खाएको छ ।

    युरोपका ठूला ५ लिगमा ४ वटामा लिग उपाधि जित्ने उनी पहिलो प्रशिक्षक बनेका छन् । यसअघि उनले एसी मिलान, चेल्सी र पेरिस सेन्ट जर्मेनमा लिग उपाधि जितिसकेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij