शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ओप्पो चौथौँ स्थानमा

  • प्रकाशित मिति : आइतवार, बैशाख १७, २०७४



  • काठमाडौं । ईन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)ले सन् २०१७को पहिलो त्रैमासका लागि स्मार्टफोन अनुगमन नतिजा प्रकाशित गरेको छ । आईडीसीद्वारा प्रस्तुत डाटाका अनुसार वैश्विक बजारमा २५ दशमलव ६ मिलियन विक्रि परिमाण (सेल्स भोल्यूम) र २९ दशमलव ८ प्रतिशत इयर अन इयर ग्रोथका साथ ओप्पो सन् २०१७ को पहिलो त्रैमासमा चौथौँ स्थानमा रहेको छ ।

    आईडीसीद्वारा प्रस्तुत प्रतिवेदनमा चिनिया बजारमा बलियो उपस्थितीका लागि ओप्पोको मध्यम बर्गियर क्यामेरा केन्द्रित आरनाइन एसले विशेष भुमिका खेलेको उल्लेख छ । त्यसैगरी बाहिरी बजारमा समेत ओप्पोको बृद्धिदर निकै राम्रो रहेको प्रतिवेशनले जनाएको छ । एसियाका अन्य भाग तथा मध्य पूर्व र अफ्रिकी क्षेत्रमा समेत ओप्पोको बलियो विक्रि सञ्जाल मार्फत आफ्नो उपस्थिती जनाउन सफल हुँदै गएको छ ।
    भारतिय बजारको ‘एबोभ द लाइन’ तथा ‘बिलो द लाइन’ क्रियाकलापमा समेत ओप्पो निकै आक्रामक तरिकाले लागि परेको छ । त्यसैगरी ईन्डोनेशिया लगायत दक्षिणपूर्वी एसियाली देशहरुमा समेत आफ्नो सेवा केन्द्र स्थापना गर्दै विक्रि पछिको सेवामा उत्कृष्टता प्रदान गर्न थालेको प्रतिवेदन मार्फत जानकारी दिइएको छ ।
    ओप्पो विश्वभरका यूवा पुस्ता माझ सर्वाधिक लोकप्रिय क्यामेरा फोन ब्राण्ड हो ।
    विगत १० बर्षदेखि मोबाइल फोटोग्राफीमा नवप्रबर्तनात्मकता पस्कँदै उत्कृष्ट क्यामेरा फोन उत्पादनमा ओप्पो केन्द्रित छ । सेल्फी ब्यूटिफिकेशन युगको सुरुवात गर्ने ओप्पो ५ मेगापिक्सलको रियर र १६ मेगापिक्सेलको फ्रण्ट क्यामेरा उपलब्ध गराउने पहिलो स्मार्टफोन ब्राण्ड पनि हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij