प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४
एजेन्सी
‘बाहुबली’ का भल्लालदेव आजकाल चर्चामा छन् । फिल्ममा राणा दग्गूबाती मस्कुलर लुकमा देखिएका छन् तर रियल लाइफमा पनि उनी कम बलिया छैनन् । वास्तवमा राणाले आफ्नो एक अन्तर्वार्तामा आफ्नो एक आँखाले काम नगर्ने बताएका छन् । उनी आफू एक आँखाले अन्धो भएको स्विकारेका छन् ।
राणा केही समयअघि एक प्रेरणादायी तेलुगु च्याट शोमा पुगेका थिए । जहाँ राणाले खुलासा गर्दै भने, ‘के म तपाईंहरुसमक्ष एउटा कुरा भनौं । म एउटा आँखा देख्दिनँ । म आफ्नो बायाँ आँखाले मात्र देख्छु । एक व्यक्तिले मलाई मरेपछि बाल्यकालमा आँखा दान गरे तर त्यसले कहिले देखेन । यदि मैले आफ्नो बायाँ आँखा बन्द गरें भने मैले केही पनि देख्दिनँ ।’
बाल्यकालमा भएको थियो शल्यक्रियाः
राणाले भने, ‘जब म सानो थिएँ तब डाक्टर एलवी प्रसादले मेरो शल्यक्रिया गरेका थिए । मैले राम्रोसँग पढे सबैले मलाई माया गर्ने र समर्थन गर्ने उनले बताएका थिए । उनले मलाई हौसला बढाइराख्न भने ।’
१४ डिसेम्बर सन् १९८४ मा राणा दग्गूबातीको जन्म चेन्नईमा भएको थियो । ‘बाहुबली’ बाट चर्चामा आएका राणाले आफ्नो फिल्मी करियरको सुरुवात सन् २०१० मा रिलिज भएको पोलिटिकल थ्रिलर फिल्म ‘लिडर’ बाट गरेका थिए । त्यसपछि राणाले फिल्म ‘दम मारो दम (सन् २०११) बाट हिन्दी फिल्ममा प्रवेश गरे । उनले साउथमा ‘ना इष्टम’ (सन् २०१२), डिपार्टमेन्ट (सन् २०१२) जस्ता थुप्रै फिल्ममा काम गरे । यद्यपी, उनले बलिउडमा पनि ‘ये जवानी हे दिवानी’ (सन् २०१३), ‘बेबी’ (सन् २०१५) र ‘द गाजी अट्याक’ (सन् २०१७) जस्ता फिल्ममा काम गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij