आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फिफा वरीयतामा तीन स्थान झर्‍यो-नेपाल

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २२, २०७४



  • काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) वरीयतामा नेपाल तीन स्थान तल झरेको छ ।

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल तीन स्थान तल झर्दै १७३औं स्थानमा रहेको हो ।

    नेपालको ११० अंक रहेको छ । त्यस्तै, भारत एक स्थान सुधार गर्दै १००औं स्थानमा बढुवा भयो । ३३१ अंक जोडेको भारत दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा उच्च स्थानमा छ ।

    त्यसैगरी, माल्दिभ्स एक स्थान तल झर्दै १५२औं स्थान, भुटान १६४औं स्थानमा यथावत् छ भने बंगलादेश १९३औं स्थानमा छ ।

    त्यस्तै, श्रीलंका १९७औं तथा पाकिस्तान २०१औं स्थानमा छ ।

    विश्व वरीयतामा ब्राजिल शीर्ष स्थानमा छ भने अर्जेन्टिना दोस्रो तथा जर्मनी तेस्रो स्थानमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij