आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ग्रानाडामाथि सहज जित निकाल्दै बार्सामाथि रियलको दबाब

  • प्रकाशित मिति : आइतवार, बैशाख २४, २०७४



  • एजेन्सी

    म्याड्रिड । ग्रानाडामाथि सहज निकाल्दै रियल म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक बराबरी गरेको छ ।

    स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र गेराथ बेल बिना नै टोलीमा ९ वटा परिवर्तन गर्दै मैदानमा उत्रेको रियलले ३५ मिनेट भित्र नै चार गोल गरेको थियो ।

    हामेज रोड्रिगेजले खेलको तेस्रो मिनेटमा नै लुकास भाजक्वेजको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए भने लगत्तै अर्को गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।


    त्यसपछि अल्भारो मोराटाले दुई गोल गर्दै रियललाई सहज जित दिलाए ।

    यसअघि भिल्लेरियलाई ४–१ गोलले पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको थियो ।

    ला लिगामा दुई खेल बाँकी छँदा बार्सिलोना हेड टु हेडको आधारमा रियलभन्दा अघि रहेको छ ।

    तर, पछिल्ला ५ सिजनमा पहिलो लिग उपाधि जित्ने दाउमा रहेको जिनेदिन जिदानको टोलीले एक खेल कम खेलेको छ ।

    जिदानले च्याम्पियन्स लिगको सेमिफाइनलमा एथ्लेटिको म्याड्रिडलाई ३–० ले हराउँदा उतारेको टोलीमा ९ वटा परिवर्तन गरे पनि रियल १० मिनेटमा नै २–० ले अघि बढेको थियो ।

    रियलले अझै धेरै गोल गर्न सक्थ्यो तर भाज्क्वेज र डानिलोको प्रहार पोष्टमा लाग्यो भने कासिमेरोले गोल गर्ने खुला अवसर पाउँदा पनि गोल गर्न सकेनन् ।

    ग्रानाडा यसअघि नै रेलिगेसनमा परिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij